आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

मन्त्री रिजाल र चिनियाँ राजदूत चेनबीच शिष्टाचार भेटवार्ता, के भयो कुराकानी?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
मन्त्री रिजाल र चिनियाँ राजदूत चेनबीच शिष्टाचार भेटवार्ता, के भयो कुराकानी?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग चिनियाँ राजदूत चेन सङ्ले शिष्टाचार भेटवार्ता गरेका छन्।

मन्त्रालयमा सोमबार भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, विकास सहायता र सीमानाका खुलाउने विषयलगायत विविध विषयमा कुराकानी भएको थियो।

भेटमा मन्त्री रिजालले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै चिनियाँ राजदूत चेन सङ्को प्रशंसा गरेका थिए। आगामी दिनहरूमा पनि द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जानेमा आफू विश्वस्त रहेकोसमेत मन्त्री रिजालले स्पष्ट पारे ।

भेटका क्रममा मन्त्री रिजालले दुई देशबीचको सम्बन्ध विशेष एवं उच्च महत्व रहेको बताए। चीनविरूद्ध नेपाली भूमि प्रयोग हुन नदिने कुराप्रति प्रतिबद्धता जनाउँदै उहाँले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्थिरता तथा राष्ट्रिय स्वाधिनताको सम्मानका लागि चीन सदैव अडिग रहेको प्रति नेपालको उच्च सम्मान रहेको बताए।

चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार मुलुक रहेको जनाउँदै मन्त्री रिजालले नेपालको कुल वैदेशिक व्यापारको १४ प्रतिशत व्यापार चीनसँग हुने गरेको स्पष्ट पारे। चीनसँगको व्यापारमा नेपालले ठूलो व्यापार घाटा व्यहोरिरहेको स्पष्ट पार्दै मन्त्री रिजालले उक्त व्यापार घाटालाई कम गर्नका निमित्त राजदूत चेन सङ्को कार्यकालमा दुई देशबीच सहकार्य हुनेमा विश्वास व्यक्त गरे‍।

मन्त्री रिजालले चिनियाँ राजदूत चेन सङ्लाई नेपाल र चीनबीचको व्यापार सहजीकरण गर्न दुई देशका बीच रहेको विभिन्न संयन्त्रहरूको स्मरणसमेत गराए।

पारवाहन ढुवानी सम्झौताको कार्यान्वयनका लागि स्थापित संयुक्त परामर्श संयन्त्रको बैठकसमेत बस्न नसकेको बताउँदै उनले काठमाडौँ र बेइजिङबीच स्थापित उक्त संयन्त्रहरूको बैठक यथाशीघ्र बसी द्विपक्षीय तथा पारवहन व्यापार प्रवर्द्धन तथा सहजीकरण गर्न आग्रह गरे।

तातोपानी, रसुवा तथा हिल्सानाका पुनः खुलेर पूर्णरूपमा सञ्चालनमा आएकामा खुसी व्यक्त गर्दै मन्त्री रिजालले थप नाका पनि चाँडै सञ्चालनमा ल्याउन पहल गरिदिन आग्रह गरे। मन्त्री रिजालले नेचुङ-लिजी, किमाथाङ्का, ओलाङचुङ्गोलालगायतका सीमानाकासमेत खोल्नेतर्फ चिनियाँ राजदूत सङ्को ध्यानाकर्षण गराए।

नेपालको विकासका लागि चीनको सहयोग र सहकार्यप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा चीनले अझ बढी विकास सहायता र प्रत्यक्ष वैदेशिक लगानी उपलब्ध गराउने कुरामा आफू विश्वस्त रहेको बताए।

भेटमा चिनियाँ राजदूत सङ्ले नेपालले सधैँ एक चीन नीतिको समर्थन गर्दै आएकामा धन्यवाद दिए। द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जानेमा आफू पनि विश्वस्त रहेको जनाउनुहुँदै उनले विकास सहायता र प्रत्यक्ष वैदेशिक लगानी उपलब्ध गराउने कुरामा चीन सकारात्मक रहेको बताए।

यो पनि पढ्नुहोस्

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

१ दिन अगाडि
मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक