बुध, बैशाख ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

२१ जना प्रहरी उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
२१ जना प्रहरी उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को २०८० जेठ ५ गतेको निर्णयले प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका २२ जनामध्ये २१ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानीद्वारा सुशोभन गर्नुभएको हो । समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूको पदोन्नतिसँगै जिम्मेवारी समेत बढ्ने भएकोले आफ्नो कार्यक्षमतालाई अझ सशक्त र फराकिलो बनाई संगठनले चाहेको र नागरिकले खोजेको स्तरको सेवा प्रदान गर्न कटिवद्ध हुनुपर्ने बताउनुभयो । नेपाल प्रहरी संगठनमा प्रचलनमा रहेका कार्यशैली, अभ्यासहरू, पद्धति, प्रणाली र प्रक्रियालाई विश्वसनीय बनाउन समयानुकूल सुधार र परिवर्तनको आवश्यकता रहेकोले परिवर्तनको संवाहकको रुपमा काम गर्न उपस्थित प्रहरी अधिकृतहरुलाई उहाँले निर्देशन दिनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले चुनौतीकाबीच पनि अवसर खोज्नुपर्ने हाम्रो सेवामा, संगठनलाई तोकिएको लक्ष्य प्राप्ति सामूहिक प्रयासबाट मात्र सम्भव हुने भएकोले संगठनलाई प्रणाली र प्रद्धतिमा डोर्‍याउन सबैको सकारात्मक सल्लाह, सुझाव र सहाकार्यको भूमिका रहने बताउनुभयो । विद्यमान प्रणालीहरुलाई समयानुकूल सुधार गर्दै लैजान सबैले आफ्नो अन्तरहृदयदेखि संगठनप्रति बफादार रही उच्च समर्पण भावका साथ अनुशासित भई कार्य सम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी उपरीक्षक गौतम कुमार केसीले संगठनलाई थप उचाई दिन एवं राष्ट्रको हित, समाज र नागरिक सुरक्षाको खातिर जस्तो सुकै प्रतिकूलतालाई चिर्दै हरदम प्रयासरत रही संगठनप्रतिको विश्वासलाई जिवन्त बनाइराख्न प्रतिबद्ध रहेको बताउनुभयो ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी उपरीक्षकहरू गौतम कुमार केसी, अपिल राज बोहरा, नवराज कार्की, गोबिन्द पुरी, रबिन्द्र बहादुर सिंह, चित्र बहादुर गुरूङ, 2 राम प्रसाद घर्तिमगर, बासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, भावेष रिमाल, सन्तोष आचार्य, नारायण प्रसाद चिमरीया, कुमोध ढुंगेल, श्याम बहादुर खत्री, शालिग्राम शर्मा, हरिहर नाथ योगी, श्याम कुमार राई, गोबिन्दराज काफ्ले, नरेन्द्र चन्द र राजन भुजेल रहनुभएको छ । साथै सोही निर्णयबाट पदोन्नति भएका प्रहरी उपरीक्षक बसुन्धरा खड्का हाल तालिमको सिलसिलमा विदेशमा रहनुभएको छ । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

जेनजी आन्दोलनका ७ शवको पहिचान अझै खुलेन

जेनजी आन्दोलनका ७ शवको पहिचान अझै खुलेन

३ दिन अगाडि
ट्राफिक व्यवस्थापनका चुनौतीबारे छलफल

ट्राफिक व्यवस्थापनका चुनौतीबारे छलफल

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी आवश्यक

इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा

वैदेशिक रोजगार व्यवसायी संघभित्र विवाद चर्किँदै

रविविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक