काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूट प्रालिबीच बैंकका ग्राहक महानुभाव, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता भएको छ।
सम्झौता पत्रमा आइतबार बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठ र हस्पिटलको तर्फबाट निर्देशक संजीव राजभण्डारीले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्युट प्रालिले बैंकका ग्राहक महानुभाव, कर्मचारी तथा कर्मचारीका परिवारहरुलाई विभिन्न किसिमका सेवा लगायतका माग अनुसारका अन्य स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरिकाबाट प्रदान गर्नेछ।
स्वास्थ्य चेक जाँचमा बैंकका ग्राहक महानुभावहरुलाई १५ प्रतिशत छुटका साथ उपलब्ध गराइने व्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ।


