काठमाण्डौ / कक्षा १२ को परीक्षा सकिएकै दिन, जेठ ५ गते शुक्रबार बल्खुस्थित बर्नहार्ट कलेजका एकजना बिद्यार्थीले चलाईरहेको `बा प्र-०२ / ०३७ प / ९१०९´ नंबरको मोटरसाईकललाई परीक्षा केन्द्र रहेको कलंकीस्थित रिचमण्ड स्कूल नजिक `बा २ ब ५१९७´ को एक सेतो सरकारी नंबर प्लेटको मोटर साईकलले ठक्कर दिएर घाईते बनाई भाग्दै गरेको अवस्थामा स्थानीयले पक्राउ गरी कलंकी ट्राफिक प्रहरीसमक्ष बुझाएका छन् ।
कलंकी ट्राफिक प्रहरीले दुबै पक्षका मोटरसाईकल र चालकहरुका प्रमाणपत्रहरु कब्जामा लिएको ट्राफिक प्रहरी कलंकीका ईञ्चार्ज प्रहरी निरीक्षक शिशिर थापाले जानकारी गराउनु भएको छ । सरकारी मोटर साईकल `बा २ ब ५१९७´ मा कुनै क्षती भएको छैन भने बिद्यार्थीले चलाएको मोटर साईकल `बा प्र-०२र०३७ प / ९१०९´ पूर्णरुपमा क्षतिग्रस्त भएको छ । दुबैपक्षका अभिभावकसमेतलाई उपस्थित गराएर छलफल गराउने तयारी भैरहेको जानकारी ईञ्चार्ज प्रहरी निरीक्षक थापाले जनधारणा साप्ताहिकलाई गराउनु भएको छ ।
