आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

‘नीति तथा कार्यक्रमले जनतामा आशा जगाएको छ’

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
‘नीति तथा कार्यक्रमले जनतामा आशा जगाएको छ’

sf7df8f}F,& h]7M k|ltlglw;ef a}7s k|ltlglw;efsf] cfOtaf/ a;]sf] a}7sdf ;xefuL ;f+;b . tl:a/ M /Tg >]i7÷/f;;

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रममा समेटिएका विषयले जनतामा आशा जगाएको सत्तापक्षका सांसदले बताउनुभएको छ। साथै प्रतिपक्षी दलका सांसदले भने नीति तथा कार्यक्रममा नयाँ केही नभेटिएको टिप्पणी गर्नुभएको छ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा यही जेठ ५ गते प्रस्तुत भएको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि भइरहेको छलफलमा सांसदले समर्थन र विरोधमा धारणा राख्नुभएको हो।

सत्तारुढ नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का सांसदले नीति तथा कार्यक्रमले सबै विषयलाई सन्तुलित ढङ्गले समेटेको बताइरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरूले नीति तथा कार्यक्रममा नयाँ कुरा नभएको भन्दै परम्परागत ढङ्गका कार्यक्रम मात्रै राखिएको बताउनुभएको छ।

साथै उहाँहरूले नीति तथा कार्यक्रममा समेटिएका विषयको प्रभावकारी कार्यान्वयन तथा छुटेका विषयलाई बजेटमा समावेश गर्न पनि सुझाव दिनुभएको छ। अर्थतन्त्रको संरचनागत सुधार, गुणस्तरीय पूर्वाधार, रोजगारी सिर्जना र उत्पादकत्व वृद्धि गर्नेजस्ता कार्यक्रम राम्रा भएको उहाँहरूको भनाइ थियो।

नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको नीति र कार्यक्रम निकै मेहनतका साथ आएको भन्दै समर्थन जनाउनुभयो। उहाँले आर्थिक समस्याको पहिचान र समस्या समाधानको पहल, कूटनीतिक सम्बन्ध सुधारका साथै सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रण गर्ने गरी नीति कार्यक्रममा राम्रा विषय समेटिएको उल्लेख गर्नुभयो।

‘फूलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै सन्सार’ भनेजस्तै यो नीति तथा कार्यक्रमलाई कुन आँखाले हेर्ने त्यसैअनुरुपको भन्दै सांसद देवले यो कार्यक्रमलाई फूलको आँखाबाट हेर्न र यसको कार्यान्वयनका लागि सबैको सक्रिय सहयोग चाहिने खाँचो औँल्याउनुभयो।

उहाँले नीति तथा कार्यक्रममा कृषि, पर्यटन क्षेत्रको विकासका लागि ल्याइएको कार्यक्रम सकारात्मक रहेको भन्दै उत्पादनमूलक अर्थतन्त्रको विकासमा जोड दिइएकाले मुलुकको समृद्धिमा टेवा पुग्नेमा विश्वास व्यक्त गर्नुभयो।

देशभित्रका प्रमुख उत्पादनको समर्थन मूल्य तोक्ने, मलखादको व्यवस्था, बहुवर्षीय योजनाका आधारमा देशभित्रै मल कारखाना खोल्नेजस्ता महत्त्वपूर्ण विषय समेटिएकाले नीति तथा कार्यक्रमले किसानलाई उत्साहित बनाएको उहाँको सांसद देवको भनाइ थियो।

नेकपा (एकीकृत समाजवादी)का खिमलाल देवकोटाले समग्रमा सरकारको नीति तथा कार्यक्रम राम्रो रहेको र यसको व्यावहारिक कार्यान्वयनमा जोड दिनुपर्ने औँल्याउनुभयो। उहाँले भन्नुभयो, “अघिल्ला माननीयले भनेजस्तै सरकारको नीति तथा कार्यक्रम ‘फूलको आँखामा फुलै संसार’ जस्तो छ। यसलाई बजेटमा अझ समृद्ध बनाएर कार्यान्वयनमा लैजानसके मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्नेछ।”

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने घोषणा गरिनु सकारात्मक रहे पनि विगतका सरकारले पनि हरेक वर्ष यो विमानस्थल बनाउने प्रतिबद्धता जनाए पनि कार्यान्वयन नभएको सन्दर्भमा यो वर्ष कार्यान्वयन हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

सांसद नारायणप्रसाद दाहालले पनि सरकारको नीति तथा कार्यक्रमले जनतामा नयाँ आशा जगाएको बताउनुभयो। उहाँले सोहीअनुसार बजेट आए ऊर्जा थपिनेछ बताउनुभयो। सांसद दाहालले अर्थतन्त्रका सम्भावित सङ्कटलाई सुधार गरेर लैजाने कार्यमा सबैको सक्रियता चाहिने बताउनुभयो।

नेकपा (माओवादी केन्द्र) का गोपीबहादुर सार्की अछामीले नीति तथा कार्यक्रम राम्रो र वस्तुनिष्ठ ढङ्गले आएको भन्दै समर्थन जनाउनुभयो।

उहाँले चुनौतीपूर्ण अवस्थामा रहेको राष्ट्रिय अर्थतन्त्रलाई सुधारेर लैजाने, रोजगारी सिर्जना गर्ने र कृषिलाई प्राथमिकता दिएर आएको कार्यक्रम निकै प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय काम गरिरहेकाले जनतामा आशा जगाएको उहाँले बताउनुभयो।

माओवादी केन्द्रकै महेशकुमार महराले नीति तथा कार्यक्रम व्यावहारिक र वस्तुवादी रहेकाले प्रभावकारी कार्यान्वयनका लागि सरकारले ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो।

नेकपा (एमाले) का सांसद देवेन्द्र दाहालले नीति तथा कार्यक्रममा नयाँपन नभेटिएको र पुरानै कार्यक्रमको निरन्तरता भएको बताउनुभयो। उहाँले समावेश गरिएका कतिपय विषयवस्तु सस्तो लोकप्रिय कमाउने किसिमका रहेको टिप्पणी गर्नुभयो। समस्या पहिचान, प्राथमिकता र गन्तव्यलाई नीति तथा कार्यक्रमले प्रष्टरुपमा समेट्न नसकेको उहाँले बताउनुभयो।

एमालेकै शारदादेवी भट्टले परम्परागत ढङ्गले आएको नीति तथा कार्यक्रमले प्रभावकारी कार्यक्रम समेट्न नसकेको बताउनुभयो। उहाँले आर्थिक सङ्कटलाई सम्बोधन गर्नेगरी कार्यक्रम आउन नसकेको उल्लेख गर्नुभयो।

नेकपा (एकीकृत समाजवादी) का राजेन्द्रलक्ष्मी गैरेले दिगो विकासका लक्ष्य हासिल गर्नेगरी नीति तथा कार्यक्रममा समेटिएको बताउनुभयो। बालसंरक्षण, बालविवाह रोक्ने, शिशु, मातृमृत्युदर घटाउनेजस्ता राम्रा कार्यक्रम समेटिएकाले यसको व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा उहाँको जोड थियो।

नेपाली कांग्रेसका नारायणदत्त मिश्रले समग्रमा सरकारको नीति तथा कार्यक्रम राम्रो रहेको र यसको व्यावहारिक कार्यान्वयन कसरी हुन्छ भनी प्रश्न गर्नुभयो। एकीकृत समाजवादीका उदयबहादुर बोहोराले नीति तथा कार्यक्रममा समेटिएका कतिपय नयाँ कार्यक्रमले मुलुकको अर्थतन्त्रलाई टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सरकारी खर्चमा मितव्ययिता र विकास खर्चको वृद्धि नीति तथा कार्यक्रमको उत्कृष्ट विषय भएको बताउनुभयो।

माओवादी केन्द्रका भुवनबहादुर सुनारले नीति तथा कार्यक्रममा नयाँ र लोकप्रिय कार्यक्रम समावेश हुनु निकै सकारात्मक भएको बताउनुभयो। एमालेका गोपाल भट्टराईले नीति तथा कार्यक्रमको गन्तव्य नभेटिएको तथा अघिल्लो वर्षको कार्यक्रमको समीक्षा हुन जरुरी रहेको बताउनुभयो।

माओवादी केन्द्रका राधेश्याम पासवानले राम्रा विषय समेटिएको नीति तथा कार्यक्रमलाई बजेटमा पनि प्राथमिकता दिएर कार्यान्वयन गरिनुपर्ने खाँचो औँल्याउनुभयो।

यो पनि पढ्नुहोस्

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

१ दिन अगाडि
मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

२ दिन अगाडि

तीन सांसदको संशोधन प्रस्ताव

सरकारले सङ्घीय संसद्‍मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि राष्ट्रियसभाका तीन सांसदले संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ।राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रपतिबाट यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा नेकपा (एमाले) का सांसद तुलसाकुमारी दाहाल, विमला घिमिरे र डा विमला राई पौड्यालकोतर्फबाट सांसद भगवती न्यौपानेले संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको छ। रासस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक