काठमाडौं नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वसांसद आङटावा शेर्पाको टाउकोमा चोट लागेको छ। सहि सलाम सित प्रहरी सामु आत्मसमर्पण गर्न पुगेका शेर्पाको टाउकोमा ९ वटा टाका कसरी लाग्यो भन्दै शेर्पाका छोराले प्रहरी सामु संका गरेका छन ।सोधपुछ र म्याद थपका लागि जिल्ला सरकारी वकील कार्यालय पुगेका शेर्पाले प्रहरीले आफुलाई जवर्जस्ति वयान गराएको बाएका छन । सरकारी वकील कार्यालय काठमाडौं बाट अदालत लैजाने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै शेर्पाले आफुलाई प्रहरीले रातभरि यातना दिएको समेत बताए।
उनले भने मलाई रात भरि यातना दियो पछि थाहा पाउदा आफु अस्पतालमा भएको उनले बताए। मंगलबार अदालत पुर्याइएका शेर्पालाई ट्वाईलेटमा लडेको भन्ने समाचार आको छ केहो भन्दा आफुले थाहा नै नपाएको बताए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो बुबाको नाम जोडिएको समाचार बाहिर आए पछि छोरा आङ्निमा शेर्पाले सहि सलामत सोमबार साझ ६ बजे आफैं परिसर पुर्याएको बताए। शेर्पाको सामान्य सोधपुछ पछि छाड्ने निहुमा परिसर पुर्याएका छोराले राति ११स्३० बजे सम्म आफु परिसर मै रहेको र मध्यरातमा एकै चोटि अस्पताल पुर्यायर जानकारी गराएको मा संका उत्पन्न भएको बताए।
बाबाको टाउकोमा चोट कसरी लाग्यो भनेर डाक्टरहरु संग सोध्दा पनि यसमा ट्वाईलेटमा पल्टिएको भन्ने छ यसमा सत्यथा नभएको डाक्टरले बताएको छोरा आङ्निमा शर्पाले बताए।
छोरा शेर्पाको अनुसार बाबा ट्वाईलेटमा पल्टिएको समाचार प्रहरीले गलत समाचार बाहिर दिएकोमा दुख व्यक्ति गरे। प्रहरी ले निर्यात कुटेको हुन सक्छ घरपरिवार लाई जानकारी नगराई अस्पताल पुर्याई फोन गरेकोमा प्रहरी सामु संङ्का व्यक्त गर्दै छोरा आङ्निमा शेर्पा ले भने आफ्नो बाबु लाई अत्यधिक यातना दिएर रातभरि पिटेर टाउको चोट लागेको छ टाउको मा ९ ओटा टाका मारिएको रहेछ यसको रहस्य संकास्पद छ।


