सोम, बैशाख १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

रत्नराज्यलक्ष्मी क्याम्पसका ५ सयभन्दा बढी विद्यार्थी आन्दोलित

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
रत्नराज्यलक्ष्मी क्याम्पसका ५ सयभन्दा बढी विद्यार्थी आन्दोलित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले १४ महिना लगाएर सार्वजनिक गरेको स्नातक तह पहिलो वर्षको नतिजामा त्रुटि आएपछि रत्नराज्यलक्ष्मी क्याम्पसका ५ सयभन्दा बढी विद्यार्थी आन्दोलित छन् । २०७८ फागुनमा अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका आरआरका अधिकांश विद्यार्थीको मार्कसिटमा ‘अनुपस्थित’ जनाइएको छ ।

१०० पूर्णांकको अंग्रेजी विषयमा ७० अङ्कको बाह्य र ३० अङ्कको आन्तरिक परीक्षा सञ्चालन भएको थियो । बाह्यतर्फको परीक्षा त्रिविले सञ्चालन गर्छ भने आन्तरिकतर्फ कक्षा उपस्थिति, कक्षा कार्यलगायत शीर्षकमा विषय शिक्षकले अंक दिने व्यवस्था छ । ‘म हरेक दिन क्याम्पस जान्छु, कक्षा लिन्छु, बाह्य परीक्षामा राम्रो अंक आएको छ तर आन्तरिकमा अनुपस्थित देखाइएकाले फेल भएँ,’ एक छात्राले भनिन्, ‘क्याम्पसको लापरबाहीले यस्तो भयो ।’

मार्कसिटमा त्रुटि भएपछि विभिन्न छात्रवृत्तिमा आवेदन दिन पाउने अवसरबाट विद्यार्थी वञ्चित हुने भएका छन् । ‘पहिले समयमा रिजल्ट भएन, १४ महिना कुरेपछि रिजल्ट आउँदा अनुपस्थित जनाएर आयो,’ ती छात्राले कान्तिपुरसँग भनिन्, ‘त्रिवि र आरआर क्याम्पसको सिस्टमले गर्दा हाम्रो भविष्यमाथि खेलबाड भयो । दुई दिनमा नतिजा सच्याउँछौं भनेका थिए, २०र२१ दिन भइसक्यो केही भएको छैन ।’ कार्यालयले वैशाख दोस्रो साता नतिजा सार्वजनिक गरेको थियो ।

आन्तरिक परीक्षामा ५० प्रतिशतभन्दा बढी विद्यार्थीको अंक गडबड भएर नतिजा सार्वजनिक भएको विषय शिक्षकहरूले पनि बताएका छन् । करिब १८ सय जनामा ९० प्रतिशतको नतिजा त्रुटि भएको दाबी विद्यार्थीले गरेका छन् । अंग्रेजी विषयका अध्यापक लोकनाथ कोइरालाले करिब ५० प्रतिशत विद्यार्थीको नतिजा बिग्रिएको हुन सक्ने अनुमान गरे । अन्य विषयको नतिजामा पनि चित्त नबुझेर २०७७ को उक्त ब्याचका धेरै विद्यार्थीले पुनर्योगका लागि निवेदन दिएका छन् ।

धेरैको नतिजामा त्रुटि भेटिएपछि परीक्षार्थी संगम राईको संयोजकत्वमा संघर्ष समिति बनाएर आन्दोलनको घोषणा गरिएको छ । विद्यार्थीले नतिजा बिगारिदिएकामा व्यंग्य गर्दै क्याम्पस प्रमुख जीवनधर ज्ञवालीलाई फूलमाला लगाइदिएको राईले बताए । ‘विषय शिक्षकले मलाई आन्तरिक परीक्षामा २५ नम्बर दिएको छु भन्नुभएको छ, १३ नम्बरभन्दा थोरै कसैलाई दिएको छैन भनिएको छ तर मार्कसिटमा १२ मात्र आएको छ,’ उनले भने, ‘धेरै साथीको मार्कसिटमा अनुपस्थित छ ।’

क्याम्पस प्रशासनले परीक्षा नियन्त्रण कार्यालयमा गलत अंक पठाएका कारण त्रुटि भएको उनले जनाए । ‘बाह्य परीक्षामा ७० पूर्णाङ्कमा ५८ ल्याउने विद्यार्थीको आन्तरिकमा १४ मात्र आएको छ,’ एक अध्यापकले भने, ‘कहिल्यै कक्षामा नआउने तर बाह्य परीक्षामा २० नम्बर ल्याएका विद्यार्थीको आन्तरिकमा २५ अंक पनि आएको छ ।’ क्याम्पसको परीक्षा शाखाका कर्मचारीले लापरबाही गरेका कारण अस्वाभाविक अंक दिने र अनुपस्थित गराउने काम भएको उनले जनाए ।

५० प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजा आफूले दिएको नम्बरभन्दा फरक आएको शिक्षकहरूको भनाइ छ ।

कोइरालाले भने, ‘हामीले परीक्षा सञ्चालन गरेर परीक्षामा शाखामा नम्बर बुझाएका थियौं । इन्ट्रीमा प्रशासनिक त्रुटि भयो होला ।’

परीक्षा शाखामा विषय शिक्षकले बुझाएको नम्बर लिस्टसमेत नभेटिएको क्याम्पस स्रोतले जनाएको छ । विद्यार्थीको नतिजा बिग्रेपछि क्याम्पसले परीक्षा नियन्त्रण कार्यालयमा प्रतिनिधिसमेत पठाएको थियो । ‘परीक्षा नियन्त्रण कार्यालयले नम्बर घटीबढी भएको सच्याउन मिल्दैन, अनुपस्थिति भएका विद्यार्थीलाई चाँहि अर्को पटक नम्बर दिन मिल्छ भनेको छ,’ कोइरालाले भने ।

क्याम्पस प्रमुख ज्ञवालीले भने त्रुटिको ढाकछोप गरे । ‘१८ सयर२ हजार विद्यार्थीमा २र४ जनाको त्रुटि हुनु सामान्य हो । परीक्षा नियन्त्रण कार्यालयसँग कुरा भएको छ, मर्कामा परेका विद्यार्थीको सुधार हुन्छ,’ उनले भने । धेरै विद्यार्थी कक्षामा उपस्थित नहुने कारण पनि समस्या भएको उनको दाबी छ । विद्यार्थीले भने सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने माग राखेका छन् । त्यसका लागि शिक्षकले बुझाएको अंक सार्वजनिक गर्न आग्रह गरिएको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले क्याम्पसले पठाएकै तथ्यांकमा त्रुटि रहेकाले समस्या भएको दाबी गरेका छन् । ‘हामीले अंक थपघट गर्न मिल्दैन, विद्यार्थी मर्कामा पर्नु हुँदैन, त्यस्तो रहेछ भने सुधार हुन्छ,’ उनले भने ।

यो पनि पढ्नुहोस्

आङदेम्बे संसदीय दलको नेतामा सर्वसम्मत चयन

आङदेम्बे संसदीय दलको नेतामा सर्वसम्मत चयन

३ घण्टा अगाडि
चलचित्र ‘रोल नं १’को गीत सार्वजनिक

चलचित्र ‘रोल नं १’को गीत सार्वजनिक

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

देशका विभिन्न स्थानमा  बदली

मन्त्रिपरिषद् बैठक सुरु

बिपी राजमार्ग अझै संचालनमा आउन सकेन

प्रधानाध्यापक ५४ वर्षीय डम्मरुप्रसाद दाहालमाथि हातपात

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक