काठमाडौं । गोकर्णेश्वर नगरपालिका-५ नारायणटार बस्ने चितवन घर भएका २५ वर्षीय रोहन खड्काको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ ।
मोबाइल चार्जमा लगाएर मोबाईल चलाउँने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि शखंरापुर अस्पताल नारायणटारतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।