सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

स्वर्णिम वाग्लेले गरेको टिप्पणी अर्थमन्त्रीलाई मार्गनिर्देश बन्ला ?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–प्रीति रमण

नेपालको अर्थतन्त्र ‘पशुपतिनाथको भरोसा’ मा चलेको छ भन्ने यथार्थ सबैलाई थाहा नै छ । केही वर्षयता भूकम्प, कोभिड र रुस–युक्रेनजस्ता प्रत्यक्ष कारण र राजनीतिक अस्थिरता, सरकारको अकर्मण्यता, भ्रष्टाचार, फजुल खर्च लगायत अन्य कारणले देशको अर्थतन्त्र संकटमा परेको हो । संकटमा परेको अर्थतन्त्रलाई उकास्न भने कुनै पनि सरकार र नेताहरु सफल हुन सकेका छैनन् । अझ भनौं उनीहरुलाई देशको अर्थतन्त्रमा आएको समस्या समाधानमा कुनै चासो नै छैन । बरु उनीहरु कसरी सत्ताको गठजोड मिलाउने हो, आफू शक्तिशाली पदमा कसरी पुग्ने भन्ने मात्र चिन्ता छ । त्यसकारण पनि अर्थतन्त्रको समस्या ज्यूँका त्यूँ छ ।

अर्थतन्त्र सुधार्नका लागि सर्वप्रथम त सरकारले कस्तो नीति तथा कार्यक्रम बनाउँछ, कस्ता कस्तो योजना ल्याउँछ, कुन कुन क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्छ भन्ने मुख्य सवाल रहन्छ । अहिले पनि देशमा नयाँ आर्थिक वर्षका लागि बजेट बनाउने तयारी चलिरहेको छ । संसदमा नयाँ बजेनको बारेमा छलफल पनि सुरु भएको छ । तर, सरकारले भने पुरानै र कर्मकाण्डी तरिकाले बजेट ल्याउन खोजेको उसले संसदमा प्रस्तुतको गरेको बजेटको सिद्धान्त र प्राथमिकताले देखाएको छ, जसको धेरैजसो सांसदले आलोचना पनि गरेका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकतामा चालू खर्चमा कटौती गर्ने र पूरा हुन सक्ने योजनाहरुमा मात्र बजेट विनियोजन गर्ने उल्लेख गरेका छन् । ‘प्राथमिकताका क्षेत्रमा बजेट विनियोजन गर्दा उत्पादनशील तथा परिणाममुखी आयोजना र कार्यक्रमलाई प्राथमिकता दिइनेछ। राष्ट्रिय गौरव र रणनीतिक महत्वका आयोजना तथा कार्यक्रम छनोट गरिनेछ । राष्ट्रिय गौरव र रणनीतिक महत्वका आयोजनालाई रकम अभाव हुन दिइने छैन,’ सिद्धान्त तथा प्राथमिकतामा उल्लेख गरिएको छ, ‘साधारण खर्चमा मितव्ययिता कायम गर्दै वाञ्छित सीमाभित्र राख्ने र वित्त अनुशासन कायम गर्ने नीति लिइनेछ ।’

देशमा अहिले आम्दानीको स्रोत करिब राजस्व र रेमिट्यान्स मात्र हो भन्दा फरक पर्दैन । तर, रेमिट्यान्सको रकम आयातमा नै सकिन्छ । राजस्वको रकम सरकारको प्रशासनिक खर्च, तलब भत्ता र सुविधामै सकिन्छ । विकासका लागि आवश्यक बजेट पनि नहुँदा दातृ निकाय र अन्य देशको ऋण कुर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा सरकारले विशेषखालको बजेट ल्याउन आवश्यक छ, जसलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा अर्थविद् डा। स्वर्णिम वाग्लेले पनि जोड दिएका छन् ।

वाग्लेले वित्त नीतिमा लचिलो बन्ने स्पेस छैन भन्दै मौद्रिक उपकरणबाट अगाडि जान्छौं भन्ने अर्थमन्त्रीको भनाइ गलत भएको बताएका छन् । संसदमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा आफ्नो धारणा राख्दै उनले खोज्न सक्ने हो र सिर्जनशील हुने हो भने लचिलो बन्ने पर्याप्त ठाउँ रहेको जनाएका हुन् ।

उनले बजेटको सिद्धान्त तथा प्राथमिकतामा दिगो विकास र जलवायु परिवर्तनका कुरा आउनु सकारात्मक भएको जनाए । तर त्यसबाट अर्थतन्त्रमा कसरी अगाडि लैजाने भन्ने रोडम्याप नदेखिएको बताए । ‘अर्थमन्त्रीले वित्त नीतिमा लचिलो र रचनात्मक हुने अवस्था छैन, मौद्रिक उपकरणबाट मात्रै अगाडि जान्छौं भनेको सुनियो । यो गलत हो,’ उनले भने, ‘वित्त नीतिमा खोज्न सक्ने हो र सिर्जनशील हुने हो भने पर्याप्त ठाउँ छ । यसको लागि जलवायु परिवर्तन र दीगो विकासको मुद्दाबाट पनि अगाडि बढ्न सक्नुहुन्छ ।’ उनले अब पहिलो जेनेरेसनको विकासको चुनौतीमा रुमलिनेभन्दा पनि दोस्रो जेनरेसनको विकास चुनौतीसँग अगाडि बढ्नु पर्ने जनाए ।

‘हिजोको धुले सडक, विद्यालय भवन र खानेपानी अहिलेको प्राथमिकता होइन। अब कसरी गुणस्तरीय शिक्षा र पूर्वाधार दिने भन्ने प्राथमिकता हुनपर्छ । जुन कुरा नीति तथा कार्यक्रम र बजेटमा कन्भिन्स हुनेगरी प्रतिविम्बित हुनुपर्छ,’ उनले भने, ‘बजेटको सिद्धान्त तथा प्राथमिकतामा त्यो पाइएन । यसमा सुधार गर्नुहोला भन्ने आग्रह छ ।’ उनले बजेटको सिद्धान्त तथा प्राथमिकतामा निजी क्षेत्रको मनबोल बढाउने कुरा आउनु सकारात्मक भएको जनाए । ‘नेपाली कांग्रेसको घोषणापत्रमा ओम्नीबस आर्थिक सुधारको कुरा गरिएको छ । २४ देखि ४८ वटा ऐनको खारेजी र संशोधनको कुरा छन । आफ्नै घोषणापत्र पढेर कार्यान्वयन गरिदिनुहोला,’ उनले भने, ‘निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको विषयमा न्याय गरिदिनुहोला । अब हैरानी र झन्झट्को दुष्चक्रबाट नेपाली अर्थतन्त्रलाई बाहिर ल्याउनुछ ।’

सरकारको बजेटको सिद्धान्त तथा प्राथमिकताबाट धेरै उत्साह हुने अवस्था नरहेको र नीति तथा कार्यक्रम र बजेटसम्म आउँदा उत्साह जगाउनेछ भन्ने विश्वास रहेको उनले जनाए । ‘सर्जरी खोजेको अर्थतन्त्रमा झारफुक गरेर उम्कने अवस्था छैन’ उनले भने । कृषि र औद्यागिक क्षेत्र विस्तार गरी आयातमा परनिर्भरता घटाउनेतर्फ सरकारको नीति तथा कार्यक्रम र बजेट केन्द्रित हुनुपर्ने धारणा पनि सांसदहरुले राखेका छन् । किसानलाई नगद अनुदान दिइनुपर्ने तथा रैथानेबाली र प्राङ्गारिक खेती प्रवर्द्धन गर्ने नीति सरकारले लिनुपर्ने उनीहरुको भनाइ छ । सरकारले विभिन्न आयोजनालाई अनावश्यक स्रोत सुनिश्चित गराएर आर्थिक भार थप्न नहुने र जलवायु परिवर्तनका असर न्यूनीकरण नेपालको मुख्य एजेन्डाका रुपमा रहनुपर्नेमा जोड दिएका छन् । अब सरकार तथा अर्थमन्त्रीले यी सुझावलाई आफ्नो मार्गनिर्देशको रुपमा लिन जरुरी छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

नेपाल सरकारलाई सहयोग गर्न अपिल

नेपाल सरकारलाई सहयोग गर्न अपिल

९ घण्टा अगाडि
प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक