काठमाडौं । नेपाली कांग्रेस भित्र नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गरेका पूर्वगृहमन्त्री तथा केन्द्रिय सदस्य बालकृष्ण खाँणलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा मतभेद देखिएको छ ।
निलम्बनका विषयमा पार्टी पदाधिकारीबीचमै विवाद देखिएपछि बिहीबार दोस्रो दिन बसेको पदाधिकारी बैठक पनि निष्कर्षबिहिन भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा नै खाँणलाई पदीय जिम्मेवारीबाट निलम्बन गर्ने पक्षमा नभएकाले पदाधिकारी बैठकले निष्कर्ष निकाल्न नसकेको एक नेताको भनाई छ ।