सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

राष्ट्रपतिज्यू ! नागरिकता विधेयक यसकारण राष्ट्रघाती छ

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
–निमकान्त पाण्डे
चौतर्फी आलोचनाका कारण विगतमा प्रमाणीकरण हुन नसकेको नागरिकता विधेयकलाई प्रमाणीकरण गर्न सरकार लागिपरेको छ । सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त विधेयक प्रमाणीकरणका लागि आग्रह गरेको छ । सरकारको आग्रहपछि राष्ट्रपति पौडेलले पनि नागरिकता विधेयक जारी गर्ने संवैधानिक आधारको खोजीलाई तीव्रता दिएका छन् । उनी केही दिनदेखि निरन्तर कानुनी परामर्शमा छन् । विगतमा उक्त विधयेक दुवै सदनबाट पारित भएपछि सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएका थिए । दुई पटक संसदले पारित गरेर पठाए पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयकका कमी कमजोरी औंल्याउँदै प्रमाणीकरण गरेकी थिइन् । त्यतिबेला यो विधेयक राष्ट्रघाती भएकाले संशोधन नगरी पारित गर्न नहुने चौतर्फी आवाज उठेको थियो । बुद्धिजीवी, राजनीतिकर्मीदेखि सेनाका अवकाशप्राप्त उच्च अधिकारीले पनि राष्ट्रपति भण्डारीलाई विधेयक प्रमाणीकरण नगर्न आग्रह गरेका थिए । त्यही विधेयकलाई सरकारले अहिले हुबहु पारित गर्न खोजेको हो ।
लाखौंलाई नागरिकता दिने विषय भएकाले यो अति संवेदनशील पनि छ । तर, यही विषयमा यसअघि पनि सरकारले अपरिपक्व व्यवहार देखाएको थियो । हतारमा नयाँ नागरिकता विधेयक ल्याएर र संसदमा छलफल पनि गर्न नदिई ऐनको रुप दिन थालिएपछि विधेयक विवादमा परेको थियो । अहिले राष्ट्रपतिले दुईपटक संसद्बाट आएको विधेयक समयसीमाभित्र प्रमाणीकरण भएन, अहिलेको अवस्थामा त्यही विधेयकलाई ब्युँताउने संवैधानिक आधार के ? भन्ने आधार खोजेका छन् । यस्तै, अघिल्लो राष्ट्रपतिबाट प्रमाणीकरण नभई निष्क्रिय रहेको अवस्थामा कुन व्यवस्थाअनुसार विधेयक सक्रिय हुन्छ र विधेयकले पुनः संसदमा प्रवेश पाउँछ या राष्ट्रपतिबाट सोझै प्रमाणीकरण हुन सक्छ ? कुन संवैधानिक व्यवस्था आकर्षित हुन्छ ? जुनसुकै बेला प्रमाणित हुन सक्छ या समय र प्रक्रिया छन् ? जस्ता आधार राष्ट्रपतिले खोजिरहेका छन् । तर त्यसअघि राष्ट्रपतिले यो विधेयक किन राष्ट्रघाती छ भन्ने बुझ्न आवश्यक छ ।
नागरिक विधेयकमा विदेशी बुहारीलाई तत्काल नागरिकता, लावारिस बच्चालाई वंशजको आधारमा नागरिकता जस्ता थुप्रै विवादास्पद प्रावधान छ । त्यसकारण यो विधेयक प्रथमदृष्टिमै खारेजयोग्य देखिन्छ । कुनै पनि देशको नागरिकता प्राप्तिका लागि निश्चित व्यवस्था र प्रक्रिया हुन्छन्, जसलाई पटकपटक परिवर्तन गरिँदैन । नेपालमा भने विभिन्न समयमा नागरिकता सम्बन्धी कानुन ल्याएर यस्तो व्यवस्था तथा प्रक्रिया संशोधनका नाममा अनियमित तरिकाले नागरिकता वितरण हुँदै आएको छ ।
नेपालमा अंगीकृत र वंशजका आधारमा नागरिकता वितरण हुँदै आएको छ । नेपाली महिला र पुरुषसँग विवाह गर्ने विदेशीलाई अंगीकृत नागरिकता दिने व्यवस्था गरिएको छ । यस्तै, निश्चित समय नेपालमा बसेकालाई पनि अंगीकृत नागरिकता दिइने गरिएको छ । अंगीकृत नागरिकताको यही विषयलाई विवादको बिषय बनाएर अहिले चुनावको संघारमा लाखौंको संख्यामा गैरनेपालीलाई नागरिकता दिने चलखेल हुँदै आएको छ ।
नागरिकता विषय नेपालका लागि किन जटिल र मननीय छ भन्ने सर्वप्रथम बुझ्न आवश्यक छ । नेपाल भारतसँग खुला सीमा भएको देश हो । चीन र भारतजस्ता उदाउँदा विश्वशक्तिको बीचमा भएकाले हाम्रो देश यी दुई देशबाहेक अमेरिका र पश्चिमा शक्तिको लागि पनि चासोको विषय बन्दै आएको छ । यी शक्ति राष्ट्रहरु सकेसम्म नेपालमा आफूअनुकूलको सरकार र निर्णयहरु होस् भन्ने कसरतमा छन् । यी सबैमा भारत सदैव अगाडि देखिन्छ । खुला सीमा र सांस्कृतिक समानताका कारण भारतीय सीमावर्ती क्षेत्रका बासिन्दा र नेपालको मधेसी समुदायबीच बढी निकटता छ । सीमा क्षेत्रका बासिन्दाबीच बिहेबारी र अन्य कारोबार पनि चल्दै आएको छ । तर, यही विषयलाई लिएर फाइदा उठाउँदै भारत भने सदैव नेपालबाट मधेस टुक्र्याउने र नेपालमा प्रभुत्व जमाउने योजनामा देखिन्छ । भारतको विगतको इतिहासले पनि त्यो देखाउँछ । भारतले नेताहरुलाई प्रभावमा पारेर सिक्किमलाई आफूमा विलय गराएको र भारतीय समुदायको वृद्धिसँगै फिजीमा त्यहाँका पुराना बासिन्दा नै अल्पमतमा परेको इतिहास त हामी सामु नै छ ।
भारतका विगतका शासक वर्गले पनि नेपाललाई गाभ्न सकेसम्म प्रयास र रणनीति बनाएको पनि सार्वजनिक भएका छन् । तर, ती रणनीति सफल भने हुन सकेनन् । मधेसमा पृथकतावादीलाई पनि भारतले सहयोग गर्दै आएको छ । तर, त्यो अभियान पनि सफल नभएपछि अहिले नागरिकता विधेयकलाई भारतले प्राथमिकतामा राखेको पाईन्छ । कुनै न कुनै रुपमा भारतीय नागरिकलाई नेपालको नागरिकता दिलाउने र अन्ततः नेपाली समुदायलाई नै अल्पमतमा पार्ने खेलमा भारत लागेको स्पष्ट हुन्छ । विगतमा २०६३ सालको जनआन्दोलनपछि राजाबाट पुनस्र्थापित संसदले ठूलो संख्यामा अंगीकृत नागरिकता वितरण गरेको थियो । त्यतिबेला लाखौं भारतीयले अंगीकृत नागरिक पाएको विवरण सार्वजनिक भएका छन् । अहिले तिनै अंगीकृतहरुका दशौं लाख सन्तानलाई वंशजको आधारमा नागरिकता दिने चलखेल हुने क्रममा छ । यसैगरी नागरिकता वितरण गरिरहने हो भने देश सिक्किमीकरण वा फिजीकरण हुन धेरै समय लाग्ने छैन । त्यसपछि एक समय यस्तो आउनेछ, जतिबेला नेपालीभन्दा गैरनेपालीको बहुमत हुनेछ । देशको सार्वभौमसत्ता र अस्तित्व नै सकिनेछ । त्यसकारण पनि यो नागरिकता विधेयक खारेजयोग्य देखिन्छ, आगे सम्माननीय र माननीयहरुलाई चेतना भया ! जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

नेपाल सरकारलाई सहयोग गर्न अपिल

नेपाल सरकारलाई सहयोग गर्न अपिल

९ घण्टा अगाडि
प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक