बुध, बैशाख ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

म्याद थपका लागि खाणलाई काठमाडौं जिल्ला अदालत लग्याे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
म्याद थपका लागि खाणलाई काठमाडौं जिल्ला अदालत  लग्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  जिल्ला अदालत काठमाडौंको साँघुरो इजलासमा कुनै समयका शक्तिशाली गृहमन्त्री बालकृष्ण खाण अभियुक्त बनेर बसेका थिए। उनका पक्षमा बहस गर्न लामवद्ध थिए कानुन व्यवसायी । बुधबार बिहान ९ बजे घरबाटै पक्राउ गरी प्रहरीले पूर्व गृहमन्त्री खाणलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगेको थियो। जिल्ला अदालतको मुख्य भवनमा नभई विशेष अदालत परिसरमा रहेको बन कार्यालयको भवनमा उनलाई उपस्थित गराइएको थियो।

म्याद थपका लागि अदालत लैजाने भएपछि नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरु बहसका लागि जिल्ला अदालतमा उपस्थित भएका थिए। नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्व अध्यक्ष शेरबहादुर केसी, गान्धी पण्डित, डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्ष योगेन्द्रबहादुर अधिकारी, एकराज पोखरेल लगायत उपस्थित भएका थिए। जिल्ला न्यायाधीश उत्तम सिलवालको इजलासमा म्याद थपको पेसी रहेको थियो।  वरिष्ठ अधिवक्ता केसीले बहसको सुरुवात गर्दै खाणलाई पक्राउ गर्ने कार्य गलत भएकोले अहिले नै धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छोड्नुपर्ने दाबी गरेका थिए। बहस गर्दै जाँदा झन्डै उल्टो बहस गरेका थिए।

केसीले पक्राउ पर्नुअघि नै प्रहरीमा पुगेर सहयोग गर्छु भनेको भन्दै खाणले नबोलेको कुरा इजलासमा बोल्न भ्याएका थिए। तर पछि उक्त बहस उनले संशोधन गरे। केसीपछि वरिष्ठ अधिवक्ता घिमिरेले समय लिएर बोल्न थाले। उनले पनि गृहमन्त्रीसमेत भइसकेको व्यक्तिलाई पक्राउ गरेर ल्याउन आवश्यक नभएको र नक्कली भुटानी शरणार्थी प्रकरणमा सहयोग गर्ने भन्दाभन्दै जबरजस्ती पक्राउ गरेको दाबी गरे। उनीपछि एकराज पोखरेलले बहस गरे। उनले बहसका क्रममा खाणलाई अहिले नै जिम्मा लगाएर छोड्नुपर्ने तर्क गरे।

उनले छेउमै रहेका नेपाल बारका अध्यक्ष घिमिरेलाई देखाउँदै खाणको जिम्मा बारले लिने र बारको रोहवरमा धरौटीमा छोड्न सकिने तर्क गरे। तर छेउमै रहेका बार अध्यक्ष घिमिरेले भने उक्त कुराको प्रतिवाद गरे। उनले इजलासमा उठेर बारको अध्यक्ष आफू भएपछि बारको तर्फबाट नभए व्यक्तिगत रुपमा जिम्मा लिने बताए। बारमा माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादीको तालमेलले घिमिरे अध्यक्ष निर्वाचित भएका थिए। कानुन व्यवसायीको रुपमा बहस गर्न पुगेका उनी बार अध्यक्षको रुपमा नक्कली भुटानी शरणार्थीको आरोप लागेको व्यक्ति जिम्मा लिनुपर्ने कुरा उठेपछि पछि हटेका थिए। उनले बारको ठेक्का लिँदा आफू र बार दुवै विवादमा पर्ने देखेपछि व्यक्तिगत रुपमा जिम्मा लिने तर्क गरे। न्यायाधीश सिलवाल यो बहस सुनेर मौन बसिरहेका थिए। बहसपछि न्यायाधीश सिलवालले पहिलो पटक ४ दिन म्याद थप गर्ने निर्णय सुनाए।

बार अध्यक्ष हुनुअघि काग्रेस निकट कानुन व्यवसायीले पटकपटक मोर्चाबन्दीका लागि खाणलाई भेटेर कुराकानी गरेका थिए। नेपाल बारको निर्वाचनअघि पनि घिमिरेको टोलीलाई जिताउन सत्ता गठबन्धन निकट कानुन व्यवसायीहरु र डिएलएले खाणसहितका शीर्ष नेताहरुलाई भेटेर अनुरोध गरेको थियो। सबैको बहसपछि बारमा विभाजित रहेका कम्युनिष्टहरुले कांग्रेससँग गठबन्धन गरेका थिए।

यो पनि पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

२ घण्टा अगाडि
यी हुन्- मन्त्रिपरिषद्‍ले गरेका ९ निर्णय

मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी आवश्यक

इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

वैदेशिक रोजगार व्यवसायी संघभित्र विवाद चर्किँदै

रविविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक