शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

फरार टोपबहादुरका निकटस्थ ओलीको सम्पर्कमा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
फरार टोपबहादुरका निकटस्थ ओलीको सम्पर्कमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीको फरार सूचीमा रहेका टोपबहादुर रायमाझीलाई आरोपबाट नभाग्न सुझाव दिएका छन् ।

बिहीबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष ओलीले रायमाझीलाई प्रहरीमा हाजिर भएर सहयोग गर्न सुझाव दिए । ‘आरोपबाट तर्कन खोज्यो, आरोपबाट उम्कन खोज्यो, भाग्न खोज्यो भने सन्देह पैदा हुन्छ । त्यसकारण सच्चाईको सामना गर्नुपर्छ’, ओलीले भनेका छन् ।

एक घण्टाभन्दा लामो सम्बोधनमा एमाले अध्यक्ष ओलीले नेपालमा भुटानी शरणार्थी समस्यादेखि तेस्रो मुलुक पुनस्र्थापनाको प्रक्रियाबारे लामो व्याख्या गरे । तर नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीलाई फसाउन राज्यसत्ता लागेको ओलीको निष्कर्ष थियो । ‘अलिअलि केस बुझेको हुनाले सोझै पैसा बुझ्नेहरु छोड्ने, अनि टोपबहादुरलाई पक्राउ पूर्जी जारी गर्ने किन गर्‍यो होला रु मैले प्रश्न गर्‍या हो । किन यस्तो गर्‍यो होला रु’, ओलीले भने ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरण छानबिनका क्रममा प्रहरीको सिफारिसमा जिल्ला अदालत, काठमाडौंले २० वैशाखमा रायमाझीलाई पक्राउ पूर्जी जारी गरेको थियो । तर बिहीबार दिउँसोसम्म रायमाझी फरार छन् ।

ओलीले बैठकमा रायमाझी हिजै ९बुधबार० पक्राउ पर्ने सूचना पाएको बताएका छन् । ‘हिजो हाजिर हुन आउनुहुन्छ भन्ने सुनेको थिएँ । त्यो कुरा चाहिँ पूरा भएन’, ओलीले थप भने, ‘हिजो हाजिर हुँदै हुनुहुन्छ भनेर सरकारी स्रोतबाटै बुझेको थिएँ । तर पछि किन हाजिर हुनुभएन, थाहा भएन ।’

एमालेले हिजो रायमाझीलाई निलम्बन गर्ने निर्णय गरेको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले नियन्त्रणमा लिएको केही समयभित्रै एमालेले रायमाझीलाई निलम्बन गरेको हो । निलम्बनको निर्णयपछि पनि रायमाझीका निकट मान्छेसँग कुरा भएको ओलीले बताए । ‘त्यो फैसला सुनिसकेपछि उहाँको निकटका मान्छेबाट ९फोन नम्बर त मैले राख्दिनँ० कतैबाट मलाई फोन आयो । के गर्ने हो भनेर’, केन्द्रीय सदस्यहरुलाई ओलीले ब्रिफिङ गरे ।

जवाफमा आफूले प्रहरी समक्ष हाजिर हुन सुझाव दिएको उनले बताए । ‘पार्टीले फैसला गरेको सुनिहाल्नुभयो होला । हाम्रो नीति यस्तो छ भनेर बताइदिनुहोस् उहाँलाई । उहाँले आफूलाई प्रहरी समक्ष प्रस्तुत गर्नु राम्रो हुन्छ’, ओलीले भने, ‘हाम्रो सुझाव यो छ र पार्टीको निर्देशन पनि त्यही छ । यो कुरा उहाँलाई सुनाइदिनुहोस् भनेर उहाँका निकटका भनिएका मान्छेहरुलाई भनेको थिएँ ।’

रायमाझीले पार्टीको निर्णय पालना नगर्नेबारे नसोचेको समेत एमाले अध्यक्ष ओलीले बताए । ‘मैले के सोचेको थिइनँ भने टोपबहादुर बाहिर त्यसरी जानु हुन्छ’, बैठकमा ओलीले भने ।

त्यसअघि रायमाझीले सिंधै अदालतमा हाजिर हुने सन्देश पठाएको पनि ओलीले ब्रिफिङ गरेका छन् । ‘प्रहरीले अभद्र व्यवहार गर्न खोज्यो । त्यसकारण अदालतमै उपस्थित हुने विचार गरेँ भनेर उहाँले भन्नुभयो भनेर मैले सुनेँ’, ओलीले भने ।

यो पनि पढ्नुहोस्

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

१ दिन अगाडि
मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

एनपीएलमा आज एक खेल मात्र हुँदै

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक