काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका जोडिएका सबैलाई कडा कारबाही गर्नुपर्ने माग राखेर नेकपा (एकीकृत समाजवादी)ले काठमाडौंमा प्रदर्शन गरेको छ ।
बिहीबार काठमाडौंको माइतीघरमा एकीकृत समाजवादीका मोर्चा संगठनहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।
उनीहरूले यस प्रकरणमा कुनै पनि दबाबका कारण पछि हट्न नहुने बताएका छन् । एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य बलराम बाँस्कोटाले भ्रष्टाचारविरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने बताए । Global bank एकीकृत समाजवादीका मोर्चा संगठनहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका साथै सबै प्रकारका भ्रष्टाचारहरूलाई छानबिन गर्नुपर्ने बताएका छन् ।