शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

‘कुअन्न’बाट स्तरोन्नति भएको स्वास्थ्यबद्र्धक ‘श्रीअन्न’ कोदो

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लोकनारायण सुबेदी

अचेल संसारभरी नै खान पानको गलत आदतले गर्दा स्वास्थ्य सम्बन्धि कयौं समस्याहरु उत्पन्न भइरहेका छन् ।प्रशोधित अन्नहरुको अत्याधिक खपतको बढ्दो प्रबृत्तिले स्वास्थ्य परिदृष्य भने खराबबाट झन खराब तुल्याइरहेको छ। अत्यधिक परिस्कृत(प्रशोधित अनाज र गतिहीन जीवन शैलीले मानिसलाई नसर्ने रोगहरु जस्तै मोटोपना, मुटु रोग, मधुमेह आदिको जोखिमलाई निरन्तर बढावा मिलिरहेको बिशेषज्ञहरु बताइरहेका छन् ।

यस्तो बिग्रदो परिस्थितिमा के आवश्यक रहेको बताइदै छ भने एउटा यस्तो ‘सुपर फुड’ जुन एण्टीअक्सिडेण्ट छ, साथै कुनै दुष्प्रभााव नपरेको खनिज, प्रोटिन, भिटामिन र फाइबर (रेसायुक्त)को भरीपूर्ण मात्रा प्रदान गर्दछ त्यस प्रकारको खानाको आवश्यकता छ । यस्तै एउटा ‘सुपर फूड’ मानिन्छ कोदो(मिलेट)लाई । यस जातिको खाद्यान्नमा कोदो, ज्वार,सामा र बाजरा लगायतका मसिना अन्न बाली आदि समेत पर्दछन् । यी अन्न बालीहरु प्रोटीन, कार्बोहाईड्रेड, फाइबर(रेसा) र अन्य आवश्यक प्रोटिनका अबयबहरु अर्थात् – एमिनो एसिडहरुको एकदमै राम्रो श्रोत हुन् भन्ने खाद्य बिशेषज्ञहरुले औंल्याउदै आएका छन् ।

खाद्य तथा स्वास्थ्य बिशेषज्ञहरु भन्दछन् – ‘कोदो जातका बिभिन्न बालीहरुमा ६० प्रतिशत कार्बोहाईड्रेड ९ प्रतिशत प्रोटीन र ३ प्रतिशत बोसो अनि २.७ प्रतिशत कच्चा फाइबर हुन्छ । यी बालीमा बिभिन्न भिटामिनहरु जस्तै भिटामिन ए, सी, र बी कम्प्लेक्स तथा खनिज जस्तै म्याग्नेसियम, म्यागनिज, फस्फोरस र आइरहन पनि हुन्छ । यसका अतिरिक्त ‘मिलेट कम ग्लाइसेमिक इण्डेक्सका साथै ग्लूटेन–मुक्त हुन्छन् जसले गर्दा मानिसहरुलाई सीलिएक अर्थात ग्लूटन असहिष्णुता, डाइबिटिज अर्थात मधुमेह रोगहरु लाग्न नदिन या लागेमा कम गर्न राम्रो बिकल्प हुन्’।

यी कोदो जातका मसिना अन्न बालीहरु मूलरुपमा एशिया र अफ्रिकामा लगाइने गरिन्छ । एशियामा भारतलाई सबैभन्दा बढी कोदो उत्पादक र दोश्रो सबै धेरै कोदो निर्यातक देश मानिन्छ । भारतको सिन्धु घाँटीका मानिसहरुद्वारा धेरै कोदो खपत गर्ने गरिएको उल्लेख पाइन्छ । यसका कयौ जातिहरु छन् र अचेल संसारभरी नै यो बाली लगाउन थालिएको छ । एशियामा चीन, नेपाल र भारत पछि अफ्रिकाको नाइजेरियामा नाइजर प्रमुख कोदो उत्पादक देश मानिन्छन् ।

बर्तमान बिश्वमा कोदोले बिश्व अन्न ब्यापारको तीन प्रतिशतभन्दा पनि कम हिस्सा ओगट्दछ । तर पनि लगातार बढ्दो बिश्व जनसंख्या, जलवायु संकटको स्थिति र घट्दो प्राकृतिक संसाधनहरुका बीच कोदोले सुलभ र स्वस्थ भोजनको एउटा धेरै राम्रो बिकल्प प्रस्तुत गरिरहेको खाद्य तथा स्वस्थ बिशेषज्ञहरुले बताइरहेका छन् । यो अन्न कठोर र प्रतिकूल जलवायु परिस्थितिमा पनि उत्पादन हुने गर्दछ र खाद्यान्न बजार गहु,धान आदि बालीमा आउने जस्तो आकस्मिक आर्थिक झट्काहरुबाट पनि कोदो अप्रभावित रहने गरेकाले यसले भोजनको कमीलाई समाधान गर्न निकै मद्दत गरिरहेको उल्लेख गरिन्छ ।

पारम्परिकरुपमा मात्र होइन अचेल यो कोदो बालीको उपयोग नयाँ खाद्य पदार्थ बनाउनमा पनि उपयोग गर्न सकिने खाद्यबिद्रु बताउने गर्दछन् । यदि यो अन्न बालीलाई यसको प्राकृतिक या साबुतरुपमा आदत र अभ्यासका कारण सोझै उपभोग गर्न असमर्थ भए पनि यसलाई शुरुशुरुमा चामल वा गहुँसँग मिलाएर पनि खान सकिन्छ । यो बालीले साना र बिपन्न किसानहरुको आय बढाउन, महिला र यूवाहरुलाई राम्रो रोजगारी प्रदान गर्न, पर्यावरणको रक्षा गर्न र मानिसहरुको स्वास्थ्य र पोषणको स्थितिमा सुधार गर्नमा पनि योगदान दिन सक्ने बताइन्छ । अनि यसले आर्थिक बिकासलाई पनि बढावा दिन सक्तछ । साथै स्वस्थ अन्नको एउटा बिकल्पको सम्भावनाकासाथ अरु अन्न बालीको उत्पादनमा आउने गरेका झट्काको जोखिमलाई कम गर्नमा पनि यसले मद्दत गर्न पनि यो समर्थ छ ।

संयुक्त राष्ट्र संघको महासभाले यो बर्ष २०२३ लाई ’अन्तर्राष्ट्रिय कोदो बर्ष’(मिलेट इयर) घोषणा गरेको छ । आज कोदोमा रहेका तत्वहरु र प्रतिकूल अबस्थामा पनि उत्पादन हुन सक्ने यसको क्षमता तथा यसमा रहेका स्वास्थ्य सम्बन्धि महत्वपूर्ण गुणका कारण यो अपहेलित र ‘गरीबको खाना’ भनेर चिनिने अन्न बाली कोदोलाई ‘कुअन्न’ भन्न छोडेर ‘श्रीअन्न’ भन्न थािलएको छ ।

नेपालमा पनि कोदोको ढिडो आजकल गरीबको खानाको स्तरबाट यसको मान्यतामा उन्नति भएर यसको मूल्य पनि बढेको छ र होटेलहरुमा कोदो र सिस्नुको भोजनलाई स्वास्थ्य बद्र्धक र उपयोगी मानेर उच्च बर्गका मानिसहरुले पनि खान थालेका छन् । अहिले त कोदोको उत्कृष्ट र स्वास्थ्यलाई हानी नगर्ने गुणस्तरीय मदिरा बनाएर निर्यात गर्न सकिने पनि कुराकानी पनि चलिहरको छ । नेपालको हावापानी कोदो फसल लगाउन सकिने कोदो–मैत्री रहेको पनि कृषि बिज्ञहरु बताउँदछन् । त्यसैले आज जानेर या नजानेर अपहेलित कोदोको पनि दिन आएको देखिदैछ । यसको स्तरोन्नति भएर यो ‘कुअन्न’बाट ‘श्रीअन्न’ बन्न पुगेको छ ।

यो पनि पढ्नुहोस्

इजिप्टले पेट्रोलको मूल्य बढायो

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

३ घण्टा अगाडि
तीनकुने घटनामा संलग्न प्रतिवादीहरूको बयान जारी

प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक