काठमाडाैं । प्रतिनिधिसभा सभा बैठक सुरु पुनः भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आज बहिानै बैठक सुरु हुने बित्तिकै अवरोध गरे पछि बैठक १५ मिनेटका स्थगित गरिएको थियो। अहिले फेरि बैठक सुरु भएको हो।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने मुद्दालाई राज्यविरुद्धको अपराध भन्दै यस विषयमा अनुसन्धान निष्पक्ष रुपमा हुनुपर्ने बताए। ‘बाहिर अनेकथरीका कुरा आइरहेका छन्।
शीर्ष नेताहरुको बैठकलाई लिएर पनि प्रश्न उठेको छ। गृहमन्त्री, उपप्रधानमन्त्री भएकाहरु तानिएका छन्। यो सामान्य घटना होइन। राज्य विरुद्धको अपराध हो। यसको अनुसन्धान प्रभावित नहोस्,’ उनले भने। आजको बैठकमा प्रि बजेट छलफलबारे अर्थमन्त्री प्रकाशशरण महतले उत्तर दिने कार्यसूची छ।