शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

सुत्केरी बिदा ६ महिनासम्म !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सुत्केरी बिदा ६ महिनासम्म !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पुष्पराज चौलागाईं

काठमाडौं । सरकारले महिलाहरुलाई ६ महिना सुत्केरी बिदा दिने तयारी गरेको छ । हाल ९८ दिन सुत्केरी बिदा पाइन्छ । स्वास्थ्य विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले स्तनपान गराउने महिलाको संख्या क्रमशः घट्दै गएकाले थप तीन महिना बिदा दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ को उपदफा ९१० संशोधन गर्नका लागि आवश्यक राय सुझावका लागि कानुन मन्त्रालय पठाइसकेको छ । उक्त ऐन संशोधन ड्राफ्ट करिब दुई हप्ता अगाडि नै स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालय गइसकेको छ ।

‘सुत्केरी बिदा बढाउने विषय अनौपचारिक कानुन मन्त्रालयसँग छलफलपछि स्वास्थ्यले ऐन संशोधनका लागि ड्राफ्ट पठाएको छ,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘अब कानुुनले एक महिनामा अन्तिम ड्राफ्ट तयार पार्छ । त्यसपछि, मन्त्रिपरिषदको स्वीकृती हुँदै संसदबाट पारित हुन्छ ।’

संशोधित ऐन कार्यान्वयनमा आएमा सरकारी तथा निजी कार्यालयमा कार्यरत सबै महिलाहरुले सुत्केरी विदा बापत ६ महिना विदा पाउनेछन् ।

परिवार कल्याण महाशाखा अन्तर्गतको मातृ तथा नवजात शिशु शाखा प्रमुख डा। गौरी श्रेष्ठ पछिल्ला वर्षमा अधिकांश महिला घरबाहिर नै काम गर्न जाने हुँदा पर्याप्त मात्रामा बालबालिकालाई स्तनपान गराउन नसकेका कारण स्तनपानको दर घट्दै गइरहेको बताउँछिन् । सरकारले महिलालाई आवश्यक विदा दिएको अवस्थामा स्तनपानको दर बढ्ने आंकलन गरिएको छ ।

‘सरकारले महिलालाई ९८ दिन सुत्केरी बिदा दिँदै आएको छ, जुन पर्याप्त छैन । जबसम्म आमालाई ६ महिना बिदा दिने प्रावधान हुँदैन, तबसम्म स्तनपानको दर बढ्दैन,’ डा। श्रेष्ठ भन्छिन् ।

‘अहिले धेरै महिला काम बाहिर जाने हुँदा आमाको दूधको विकल्पमा बजारमा पाइने बट्टाको दूध वा लिटो खुवाउने प्रचलन बढ्दै गएको छ । तर, बच्चालाई चाहिने पोषकतत्व अन्य वस्तुबाट पाइँदैन,’ डा। श्रेष्ठले थपिन्, ‘आमाले स्तनपान गराउनका लागि अनिवार्य रुपमा ६ महिना बिदा दिने प्रस्ताव राखेका हौं ।’

दिगो विकास लक्ष्य प्राप्तिका लागि स्तनपानलाई एक प्रमुख आधारका रूपमा लिँदै सन् २०३० सम्ममा स्तनपान गराउने नेपाली आमा ९० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । तर, पछिल्लो समयको तथ्यांकले स्तनपान गराउने आमाको संख्या घट्दै गएका कारण सो लक्ष्य प्राप्तिमा चुनौतीको ठूलो पहाड खडा भएको देखिएको छ ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण ९एनडीएचएस० २०२२ तथ्यांकले नेपालमा पूर्ण स्तनपान गराउने आमाको संख्या घटिरहेको देखाउँछ । शिशु जन्मिएदेखि पाँच महिनासम्म एक सय जना सुत्केरी आमामध्ये ५६ जनाले मात्रै स्तनपान गराउँछन् भने ४४ जनाले र्फमुला ९कृत्रिम० वा गाईभैँसीको दूध खुवाउँछन् ।

पाँच वर्षको फरकमा गरिने सो सर्वेक्षण यसअघि २०१६ मा भएको थियो । त्यो बेला स्तनपान गराउने ६६ प्रतिशत थिए । पाँच वर्षमा स्तनपान गराउने आमाहरूको संख्या १० प्रतिशतले घटेको छ । त्यसअघि पूर्ण स्तनपान गराउने दर सन् १९९६ मा ७५ प्रतिशत, २००१ मा ६८ प्रतिशत, २००६ मा ५३ प्रतिशत र २०११ मा ७० प्रतिशत पुगेको थियो ।

आमाको दूध शिशुको पहिलो खोप

शिशुका लागि आमाको दूध अमृतसमान मानिन्छ । तर, पछिल्लो समय खासगरी नयाँ आमाहरूले दूध नआएको भन्दै बट्टाको दूध वा लिटो खुवाउने प्रवृत्ति बढ्दै गएको छ । पोषणविदका अनुसार केही घण्टा मात्र ढिलो स्तनपान गराउनाले पनि शिशुको जीवन जोखिममा पार्न सक्छ ।

आमा र शिशुबीचको प्रत्यक्ष स्पर्श र स्तनपानले आमाको दूध र बिगौती दूध उत्पादनमा सहयोग पुग्दछ । बिगौती दूध एकदमै पोषिलो हुने तथा शरीरको प्रतिरक्षा प्रणालीका लागि शक्तिशाली हुने भएकाले यसलाई शिशुको ‘पहिलो खोप’ का रूपमा पनि लिइन्छ ।

बच्चाको प्राचनप्रणाली धेरै कमजोर हुने भएकाले आमाको दूधबाहेक अन्य वस्तु पच्दैन । स्तनपानमा पचाउन सक्ने हिसाबले चाहिने पोषकतत्व प्राप्त हुने वरिष्ठ पोषणविद् डा।मनषा थापा ठकुराठी बताउँछन् । ‘पूर्णरुपमा ६ महिनासम्म स्तनपान गराउँदा रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ । अन्य वस्तु खुवाएको खण्डमा बच्चाले पचाउन सक्दैन, खाए पनि पोषकतत्वहरू शरीरले लिन सक्दैन,’ पोषणविद् ठकुराठी भन्छिन्, ‘जुन बच्चाले स्तनपान गरेका हुँदैनन्, त्यस्ता बच्चालाई संक्रामक रोग लाग्ने बढी सम्भावना हुन्छ ।

त्यसैगरी, आमाको दूध पहिलो खोप र मस्तिष्क विकासको महत्वपूर्ण तत्व हो । बालरोग विशेषज्ञ डा। कृष्ण पौडेलका अनुसार बट्टाको दूध सेवन गर्ने शिशुहरु भन्दा स्तनपान गर्ने शिशुहरुको बौद्धिक शक्तिको विकास राम्रो हुन्छ ।

‘बच्चा २ वर्षको हुँदा ८० प्रतिशतसम्म दिमागको विकास हुने भएका कारण आमाको दूध जति खुवाउन सकियो, त्यति नै मानसिक विकास हुने हुन्छ,’ डा। पौडेल भन्छन्, ‘राम्रोसँग स्तनपान नगराएको बच्चालाई निमोनिया, झाडापखाला, कुपोषणलगायत समस्या निम्तिने हुन्छन् ।’

‘६ महिनासम्म बच्चाको आवश्यकता अनुसार लगातार दूध खुवाउन पर्छ । जसले गर्दा आमा र बच्चा दुवैलाई फाइदा गर्छ,’ डा। ठकुराठी थप्छिन्, ‘नियमित रुपमा स्तनपान गराउँदा आमा र बच्चाको भावनात्मक सम्बन्ध मात्रै जोडिँदैन, महिलाको पाठेघरको क्यान्सर नहुनेदेखि धेरै स्वास्थ्य समस्याको हल हुन्छ ।’

कामको दबाव नहुने महिलाले पनि आफ्ना बच्चालाई आवश्यक स्तनपान गराउने गरेका छैनन् । आधुनिक जीवनशैलीको अनुसरण, स्तनपानले सौन्दर्य घटाउने गलत मान्यतालगायत कारणले महिलाले आफ्ना सन्तानलाई स्तनपानको साटो अन्य दूध तथा खाद्यान्न खुवाउने गरेका छन् । अनलाइन खबर

यो पनि पढ्नुहोस्

इजिप्टले पेट्रोलको मूल्य बढायो

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

३ घण्टा अगाडि
तीनकुने घटनामा संलग्न प्रतिवादीहरूको बयान जारी

प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक