शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एसिया कप पाकिस्तानबाट प्रतियोगिता सार्ने तयारी

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
एसिया कप पाकिस्तानबाट प्रतियोगिता सार्ने तयारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले पाकिस्तानबाट प्रतियोगिता सार्ने तयारी गरेसँगै श्रीलंकामा आयोजना हुने सम्भावना बढेको छ। बीसीसीआई सचिव जय शाहलाई उद्घृत गर्दै भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसले उक्त कुरा उल्लेख गरेको छ।

श्रीलंका, बंगलादेश र अफगानिस्तानले उक्त निर्णयको समर्थन गरेका छन्। प्रतियोगिता हुने स्थानको अन्तिम निर्णय यही महिनाको अन्तिममा भइसक्ने अपेक्षा गरिएको छ।

प्रतियोगितामा पाकिस्तानको सहभागिता हुने कुरामा भने आशंका सिर्जना भएको छ। पाकिस्तानमा नगरिए बहिष्कार हुने सक्ने सम्भावना देखिएको छ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले प्रतियोगिता पाकिस्तानमा गर्ने कुरामा जोड दिइरहेको छ। तर श्रीलंकामा गर्ने कुरामा बीसीसीआईले एसीसीका अन्य सदस्य राष्ट्रहरूको समर्थन पाएको दाबी भारतीय सञ्चार माध्यमको छ। त्यसकारण उक्त निर्णयको औपचारिकता मात्रै बाँकी रहेको बताइएको छ।

भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि पीसीबीले एसिया कप आयोजना गर्न हाइब्रिड मोडेल प्रस्ताव गरेको थियो। भारतको खेल मात्र दुबईमा आयोजना हुने बताइएको थियो। तर त्यसलाई समेत स्वीकार गरिएको छैन।

एसीसी सदस्यमध्ये ओमानले पनि प्रतियोगिता आयोजना गर्न प्रस्ताव गरेको बुझिएको छ। तर परिस्थितिलाई ध्यानमा राख्दै श्रीलंकालाई सही गन्तव्य मानिएको छ।

दुबईले सेप्टेम्बर महिनामै सन् २०१८ को एसिया कप आयोजना गरेको थियो। असाध्यै गर्मीका कारण खेल्न मुश्किल परेको गुनासो खेलाडीहरुले गरेका थिए।

एसीसीले आगामी हप्ताहरूमा अन्तिम निर्णयमा पुग्ने तयारी गरेको छ। श्रीलंकामा प्रतियोगिता सारिएको असर भने आगामी विश्वकपमा समेत देखिन सक्ने बताइएको छ। भारत आयोजक रहेको विश्वकपमा पाकिस्तानको सहभागिता नहुन सक्ने अनुमान गरिएको छ।

नेपालले पनि यस पल्ट एसिया कप खेल्दैछ। एसीसी पुरुष प्रिमियर लिगको बिजेता बन्दै नेपालले आफ्नो स्थान पक्का बनाएको हो। नेपालको समूहमा भारत र पाकिस्तान रहेका छन्। अफगानस्तान, बंगलादेश र श्रीलंका गरी ६ देशले खेल्दैछन्। प्रतियोगिता भएमा नेपालले पहिलोपल्ट खेल्ने अवसर पाउनेछ। यसअघि पनि छनोट भएको थियो तर प्रतियोगिता नहुँदा खेल्न पाएको छैन।

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

४६ मिनेट अगाडि
नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक