काठमाडौं । अर्जेन्टाइन सुपर स्टार लिओनल मेसी र र विश्व विजेता अर्जेन्टिनी फुटबल टिमले लाउरेस वर्ल्ड स्पोर्ट्स अवार्ड प्राप्त गरेका छन् ।
मेसीले ‘मेन्स स्पोर्ट्स पर्सन अफ दि इअर’को अवार्ड जित्दा उनी सहितको टिमले ‘टिम अफ दि इअर’को अवार्ड प्राप्त गरे । मेसी एकै संस्करणमा दुई लाउरेस अवार्ड जित्ने पहिलो खेलाडी समेत बने ।
यस्तै महिलातर्फ जमैकन स्प्रिन्टर शेली अन फ्रेजर प्राएसले लाउरेस अवार्ड प्राप्त गरिन् । उनले ओरेगनमा जुलाईमा भएको वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपमा १०० मिटर दौडमा स्वर्ण जितेकी थिइन् । उनी वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपमा ट्रयाक एण्ड फिल्डमा ५ स्वर्ण जित्ने पहिलो महिला खेलाडी समेत बनेकी थिइन् ।
कमब्याक अफ दि इअरको अवार्ड डेनिस फुटबलर क्रिस्टियन एरिक्सनले पाए ।
डिसाबिलिटी अवार्ड क्याथरिन डेब्रनर र एक्सन स्पोर्ट्सपर्सन अफ दि इअरको अवार्ड एलिन गुले जितिन् ।