मोरङ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिराटनगर महानगरपालिका-८ हाटखोला बस्ने २४ वर्षीय प्रवेश बस्नेतलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बेलबारी नगरपालिका-७ स्थित मकै बारीमा ती किशोरीलाई पैसा दिन्छु भन्दै प्रलोभनमा पारी बस्नेतले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भन्सार छलि ल्याउँदै गरेको मोबाइलसहित चिनियाँ नागरिक पक्राउ रसुवा, २५ वैशाख गोसाईकुण्ड गाउँपालिका-२ टिमुरेबाट भन्सार छलि ल्याउँदै गरेको विभिन्न कम्पनीको मोबाइल ३ थान र आइफोनको लोगो भएको आइफोनको ब्याट्री १५ थानसहित राहदानी नम्बर इइ ७७७५४३३ बाहक २७ वर्षीय CHEN JUNSHAN लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको प्रहरीले पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा भन्सार छलि ल्याएको करिब ४ लाख ७३ हजार रुपैयाँ बराबरको उक्त सामानसहित फेला पारी पक्राउ गरेको हो । बरामद सामानसहित उनलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय टिमुरे रसुवामा बुझाइएको छ ।