काठमाडौं । नेकपा एमालेले २८ वैशाखमा झापामा बोलाएको केन्द्रीय कमिटी बैठक काठमाडौंमा बस्ने भएको छ । यसअघि २८ देखि ३० वैशाखसम्म झापामा तय भएको बैठक एमालेले अन्तिम समयमा काठमाडौंमा नै सारेको हो ।
संसदको बजेट अधिवेशन सुरु भएकाले नेताहरु संसद बैठकमा ब्यस्त हुनुपर्नेलगायतका कारणले केन्द्रीय कमिटी बैठक काठमाडौंमै सारिएको केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी गराए ।
४ मंसिरको आम चुनावपछि बस्न लागेको यो एमालेको पहिलो केन्द्रीय कमिटी बैठक हो । साे बैठकमा चुनावको समीक्षा र चुनावपछि सञ्चालित ग्रासरुट अभियानबारे छलफल हुने नेताहरुले जनाएका छन् ।
केन्द्रीय कमिटी बैठकअघि सोमबार केन्द्रीय कार्यालयको र मंगलबार सचिवालयको बैठक बोलाइएको छ ।