एजेन्सी । अमेरिकाको टेक्सासमा भएको गोलीकाण्डमा नौ जनाको ज्यान गएको छ ।
टेक्सासको एक सपिङ मलमा गोली चल्दा बन्दुकधारीसहित नौ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।
प्रहरीको जवाफी कारबाहीमा गोली चलाउने व्यक्ति पनि मारिएका छन् । घटनामा बालबालिकासहित केहि घाइते भएका छन् । घटनापछि घाइतेलाई नजिकैको अस्पतालमा भर्ना गरी उपचार भैरहेको टेक्सास प्रहरीले जनाएको छ ।