शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

बादलका छोरा प्रहरीको खोजीको सूचीमा

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
बादलका छोरा प्रहरीको खोजीको सूचीमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / २०७८ साउन २७ गतेदेखि २०७९ अशोज २ गतेसम्म सचिवका रुपमा टेकनारायण पाण्डेले गृह मन्त्रालयको जिम्मेवारी सम्हाले। त्यतिखेर तालुकदार मन्त्री चाहिँ नेपाली कांग्रेसका बालकृष्ण खाँड थिए।

गत असोजदेखि भने टेकनारायण पाण्डे उपराष्ट्रपति कार्यालयका सचिवका रुपमा कार्यरत रहे। उनै सचिव बुधवार काठमाडौं प्रहरीको नियन्त्रणमा पुगेका छन्। जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएपछि पाण्डे जिल्ला प्रहरी परिसर काठमाडौं पुगेर आत्मसमर्पण गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी श्याम ज्ञवाली बताउँछन्।

‘उहाँ प्रहरी कार्यालयमा आएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको हो,’ एआइजी ज्ञवालीले भने।

नेपाल सरकारको बहालवाला सचिव नै पक्राउ पर्नु सामान्य विषय भने होइन। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै रकम ठगी गर्ने प्रकरणमा मुछिएपछि उनी प्रहरी नियन्त्रणमा पुगे। त्यसो त जतिखेर उनी गृहको सचिव थिए अहिले प्रहरी संगठनको नेतृत्व गरिरहेका आईजी वसन्त कुँवर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख थिए। त्यतिखेर नै भुटानी शरणार्थी प्रकरण बाहिरिसकेको थियो। प्रहरीले उजुरीको आधारमा अनुसन्धान थालेको थियो। तर हाइ प्रोफाइल व्यक्तिको संलग्नता देखिएपछि उक्त प्रकरण तैँ चुप मै चुप मा रह्यो।

पछिल्लो एक वर्षमा राजनीतिक महोल फेरिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख नेपाल प्रहरीको संगठन प्रमुख भएका छन्। गृहमन्त्रीहरु फेरिए। प्रहरीले पुनः नक्कली शरणार्थी प्रकरणको फाइल अगाडि बढायो। प्रहरीले घटनामा जोडिएका मानिस समात्न थाल्यो।

प्रहरीले सन्देश शर्मा, केशव दुलाल, सानु भण्डारी, सागर राई समेतको संयुक्त मिलेमतोमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने विभिन्न किसिमका प्रलोभन र विश्वासमा पारि ठगी गरेको जाहेरी परेपछि उनीहरू समातिएका थिए।

यो कसेसमा गजेन्द्र बुढाथोकीको जाहेरी परेको थियो। उनीहरूलाई मुलुकी अपराध संहिताको दफा २४९ (१) र (२) बमोजिमको  कसुर अपराधमा कारबाही गर्न भन्दै कार्यालयले फाइल जिल्ला प्रहरी परिसर काठमाडौँलाई बुझाएको थियो। त्यसपछि काठमाडौं प्रहरी परिसरले अनुसन्धान गरिरहेको छ।

प्रहरी स्रोतका अनुसार अहिलेसम्म २० वटा जाहेरी परिसकेको छ। १ सय ४५ जनाले ठगिएको भन्दै उजुरी दिएका छन्। एउटा जाहेरीमा ६२ जनाले संयुक्त उजुरी दिएका छन्। प्रहरीको प्रारम्भीक अनुसन्धानमा ३४ करोड रुपैयाँ भन्दा बढी ठगिएको खुलेको छ। अमेरिका पठाइदिने भन्दै १० लाख रुपैयाँ देखि ४० लाख रुपैयाँ मानिसबाट ठगिएको देखिएको छ।

ठगीको अनुसन्धान गर्दै जाँदा उच्च तहका प्रहरी कर्मचारीको समेत संलग्नता रहेको खुल्दै आएको छ। बुधवार समातिएका सचिव पाण्डेले ५० लाख रुपैयाँ भन्दा बढी रकम बुझेको देखिएको छ।

‘बयानमा ५० लाख रुपैयाँ भन्दा बढी लिएको बयान छ। थप अनुसन्धान हुँदै जान्छ,’ अनुसन्धानका एक प्रहरी अधिकृतले भने।

त्यस्तै मंगलवार पूर्व गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई समेत पक्राउ परेका छन्। उनलाई पनि नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा नियन्त्रणमा लिइएको हो। ललितपुरबाट राईलाई नियन्त्रणमा लिएको थियो। राईले पनि  ५ करोड रुपैयाँ भन्दा बढी रकम लिएको बयानमा खुलेको छ। त्यसलाई प्रमाणित गर्न थप प्रमाण फेला पारेपछि प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएर पक्राउ गरेको थियो। उनका छोरा नीरज राईको पनि संलग्नता खुलेपछि पक्राउ पुर्जी जारी भइसकेको छ। तर, उनी फरार छन्।

रामबहादुर थापा बादल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व सरकारमा गृह मन्त्री थिए। यसरी हेर्दा पूर्व गृहमन्त्री रामबहादुर थापा बादल माथि पनि प्रश्न उठेको छ। त्यस्तै उनका छोरा प्रतिक थापा पनि यसमा संलग्न भएको बयानमा खुलेको छ। उनी विरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ।

त्यतिमात्र होइन, पूर्व मन्त्री टोपबहादुर रायमाझी विरुद्ध पनि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ। नेकपा एमालेका सांसद रायमाझी र उनका छोरा सन्दीपलाई खोजीको सूचीमा राखेको छ प्रहरीले। जिल्ला अदालत काठमाडौँले नक्कली शरणार्थी बनाउन सघाएको आरोपमा पक्राउ अनुमति दिएसँगै प्रहरीको खोजी सूचीमा बाबु छोरा परेका हुन्। प्रहरीले रायमाझीका छोराको नाममा काटिएको डेढ करोड रुपैयाँको चेक समेत फेला पारेको छ।

उनले गएको निर्वाचनमा अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनमा जित निकालेका थिए। नेकपा एमालेमा प्रवेश गरेका पूर्व माओवादी नेतामध्ये उनले मात्र प्रतिनिधिसभा निर्वाचनमा जित निकालेका हुन्। नेकपा एमालेको दसौँ महाधिवेशनबाट उनी सचिव चुनिएका हुन्।

अहिले गृह मन्त्रालयको जिम्मेवारी माओवादी केन्द्रका नेता नरायणकाजी श्रेष्ठले सम्हालिरहेका छन्। उनको नेतृत्वमा यस प्रकरणले थप कति गति लिने हो त्यो चाहिँ अझै हेर्न बाँकी छ। शरणार्थी प्रकरण नेपालको सन्दर्भमा लहरो तान्दा पहरो गर्जने खालको छ।

यो पनि पढ्नुहोस्

रास्वपा नेता खड्का जुवातास खेलिरहेको अवस्थामा पक्राउ

रास्वपा नेता खड्का जुवातास खेलिरहेको अवस्थामा पक्राउ

३ दिन अगाडि
अवैध लागूऔषध सहित पक्राउ

१० लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक