काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने जनाएका छन् ।
कैलालीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री र कांग्रेस सभापतिले राय माग्दा पनि आफूले रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने भनेकाे सुनाए ।
उनले भने, ‘हिजो पनि प्रधानमन्त्रीसँग कुराकानी भएको थियो, के भयो थाहा छैन ।’


