काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी गिरोहको भिआइपी जालोबारे अझै गहिरोसँग अनुसन्धान हुनुपर्ने जनाएका छन्।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा प्रहरीले नेपाल सरकारका सचिवलगायत केहीलाई पक्राउ गरिसकेको छ भने केहीलाई पक्राउ गर्ने तयारीमा गरिरहेको छ।
‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ठगी गिरोहको भिआइपी जालो उजागर हुँदै गएको छ,’ थापाले आज ट्वीट गर्दै भनेका छन्, ‘यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ।’ उनले यो घटना नभई प्रवृत्ति भएको जनाए। ‘अझै गहिरोसँग अनुसन्धान होस्। कोही नछुटुन।
संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्, कानूनभन्दा माथि कोही हुँदैन,’ उनले भने।


