बुध, बैशाख ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार प्रहरी / सैनिक

नेपाल प्रहरीका क्रिकेट खेलाडीहरू सम्मानित

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपाल प्रहरीका क्रिकेट खेलाडीहरू सम्मानित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरी हालै सम्पन्न “एसीसी प्रिमियर कप-२०२३” लगायत विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाल प्रहरीका ६ जना क्रिकेट खेलाडीहरूलाई सम्मान गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रमबीच उहाँहरूलाई प्रशंसापत्र तथा नगद पुरस्कारद्वारा सम्मान गर्नुभएको हो ।

सम्मानित हुने खेलाडीहरूमा प्रहरी कर्मचारीहरू नेपाल पुलिस क्रिकेट टिमका क्याप्टेन दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, मोहमद आरिफ शेख, ललित राजवंशी एवम् नेपाल प्रहरीमा आवद्ध करण केसी र गुल्सन झा रहेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी संगठन र राष्ट्रको प्रतिनिधित्व गर्दै सहभागी भई हालै सम्पन्न भएको एसीसी प्रिमियर कप-२०२३ मा उत्कृष्ट प्रदर्शन गरी विजयी हासिल गरेकोमा बधाई दिनुभयो । राष्ट्र एवम् संगठनको छवि अझ उच्च गर्नमा आगामी दिनमा हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शनको लागि उहाँले शुभकामना समेत दिनुभयो ।

एसीसी प्रिमियर कप-२०२३ मा नेपाल प्रहरीका खेलाडीहरूको उत्कृष्ट प्रदर्शन तथा राष्ट्रिय सम्मान अभिवृद्धिमा गरेको योगदानको नेपाल सरकारले पनि उच्च मूल्याङ्कन गरेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीका खेलाडीहरूको मनोबल उच्च गराउन, क्षमता अभिवृद्धि गर्न र वृत्तिविकासका लागि संगठन सदैव क्रियाशील रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सम्मानित खेलाडीहरूकोतर्फबाट मन्तव्य व्यक्त गर्दै कुशल भुर्तेलले नेपाल प्रहरी संगठनको प्रतिनिधित्व गरी सफलता प्राप्त गरेकोमा धेरै गौरव महसुस गरेको बताउनुभयो । साथै आउँदा दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्दै जाने विश्वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरु लगायतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

२ घण्टा अगाडि
यी हुन्- मन्त्रिपरिषद्‍ले गरेका ९ निर्णय

मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी आवश्यक

इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

वैदेशिक रोजगार व्यवसायी संघभित्र विवाद चर्किँदै

रविविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक