शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

जनयुद्धभन्दा कठिन बन्दै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको सपना !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
–निमकान्त पाण्डे
नेपालमा नयाँ प्रधानमन्त्री चयन भएलगत्तै पहिलो विदेश भ्रमण भारतमा हुने एक प्रकारले चलन जस्तै भइसक्यो । लामो समयदेखि नेपाली राजनीतिमा भारतीय हस्तक्षेपका कारण यो प्रथा चले पनि वर्षौंदेखि कुनै नेताले यसलाई तोड्ने हिम्मत गर्न सकेका छैनन् । छिमेकी देश रिसाउला कि भन्ने डरका कारण पनि नेपाली नेताहरुले आफ्नो विदेश भ्रमण भारतबाट नै सुरुवात गर्छन् । तर, अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भने भारत भ्रमण गर्न हम्मेहम्मे परेको छ । भारतीय रातो कार्पेट ओछ्याउन ढिलाइ गरिरहँदा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे लामो समयदेखि चर्चा भए पनि मितिमा भने ढिलाइ भइरहेको छ ।
भौगोलिक सहजताका कारण नेपाल र भारतबीचको सम्बन्ध लामो समयदेखि जोडिँदै आएको छ । अर्को छिमेकी देश चीनसँग भने भौगोलिक जटिलताकै कारण नागरिकस्तरमा त्यति घनिष्ठता हुन सकेको थिएन, तर पछिल्लो समय प्रविधि र विकासका नयाँ आयामका कारण यो सम्बन्ध अझै बलियो हुँदै आएको छ । भौगोलिकताको यही तलमाथिका कारण वर्षौंदेखि भारत नेपालमा हावी हुँदै आयो र नेपाली प्रधानमन्त्रीको विदेश भ्रमण भारतबाट सुरु हुने चलन जस्तै भयो । भारतले पनि नेपाली प्रधानमन्त्रीले सुरुवातमा भारत भ्रमण नै गर्नुपर्ने अडान जसरी राख्दै आएको छ । अर्कोतर्फ भारतसँगको सम्बन्ध बलियो देखाउने माध्यमका रुपमा पनि नेपाली प्रधानमन्त्रीले भारत भ्रमणलाई लिने गरेका छन् । भारतको साथ र सहयोग आफूलाई रहेकाले सत्ता सुरक्षित भएको भान नेपाली नेताहरुले गर्ने गरेका छन् । यदि भारतले प्रधानमन्त्रीको भ्रमणमा ढिलाइ गरेमा वा स्वागतमा केही कमजोरी भएमा नयाँ नेपाली प्रधानमन्त्रीसँग भारत खुसी छैन भन्ने भाष्य पनि तयार हुँदै आएको छ । भूपरिवेष्ठित राष्ट्र नेपालमा धेरै सामग्रीको आयात भारतमा नै निर्भर रहने गरेको छ । त्यसकारण भारतलाई चिढ्याएमा आफ्नो सत्ता नै संकटमा पर्नसक्ने भन्दै नेताहरु भारत भ्रमणलाई प्राथमिकतामा राख्दै आएका छन् ।
तर, प्रधानमन्त्री प्रचण्ड सत्तामा आएको साढे ४ महिना भइसक्दा पनि भारत भ्रमणमा निस्कन पाएका छैनन् । उनको भारत भ्रमणको मिति पटकपटक सरिरहेको छ । कुनै बेला जनयुद्धका क्रममा भारतसँग परिआए सुरुङ युद्ध गर्न पछि नपर्ने अभिव्यक्ति दिएको माओवादीका तिनै अध्यक्ष प्रचण्ड अहिले भारतले कहिले भ्रमणका लागि बोलाउला भनेर पर्खाइमा छन् । यसले प्रचण्डलाई जनयुद्ध गर्नभन्दा पनि अहिले भारत भ्रमणको सपना पूरा गर्न हम्मे परेको आकलन गर्न सकिन्छ ।
प्रधानमन्त्री प्रचण्डको मिति सर्नुको कारण हो भारतीय पक्षले उनलाई समय नदिनु । भारतले आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको व्यस्तताको कारण देखाउँदै अहिले स्वागतको तयारी नगरेको हो । त्यही कारण अब प्रचण्डको भ्रमण नेपालको नयाँ आर्थिक वर्षको बजेट प्रस्तुतिपछि हुने विवरण सार्वजनिक भएका छन् । भारतसँगको सम्बन्ध सुमधुर देखाउन स्वयं प्रधानमन्त्री प्रचण्डले नै भ्रमणका लागि निरन्तर ताकेता गरे पनि भारतीय पक्षले मिति सार्दै आएको हो । यसअघि वैशाखको तेस्रो साता उनको भारत भ्रमण हुने तय भएको थियो । वैशाख २४ गतेदेखि तीन दिन भारत भ्रमणमा जानका लागि परराष्ट्र मन्त्रालयले पनि अनौपचारिक रुपमा तयारी  गरिरहेको थियो । तर, त्यो समयमा भारतबाट प्रधानमन्त्री मोदी व्यस्त हुने खबर आयो, जसका कारण अब प्रचण्डको भारतको भ्रमणको अर्को मिति बजेटपछि अर्थात् जेठ १५ पछि तोकिएको छ । यसअघि चैत अन्त्यतिर प्रचण्डले भारत भ्रमण गर्ने जनाइए पनि भारतबाट भने निमन्त्रणा नै भएको थिएन । त्यसपछि मात्र भारतले भ्रमणका लागि निमन्त्रणा गरेको थियो ।
उसो त, प्रधानमन्त्री स्वयंले नै आफ्नो पहिलो विदेश भ्रमणमा भारतमा नै हुन जनाएका थिए । त्यसैका लागि उनी गत चैत १४ मा चीनमा भएको ‘बोआओ फोरम फर एसिया’ मा सहभागी हुन गएका थिएनन् । चीनको उक्त सम्मेलनमा जाँदा भारत चिढिन सक्ने सम्भावना थियो । त्यसैलाई आकलन गरेर प्रचण्डले उक्त सम्मेलनमा सहभागी नहुने निर्णय गरेका थिए । यसअघि सन् २००८ मा प्रधानमन्त्री हुँदा प्रचण्डले भारत भ्रमणअघि बेइजिङमा ओलम्पिक समारोहमा सहभागिता जनाएका थिए । तर, त्यसबाट भारत चिढिएपछि प्रचण्डले आफ्नो औपचारिक विदेश भ्रमण भारतबाट नै हुने प्रतिक्रिया दिएका थिए । त्यो अवस्था फेरि आउन नदिन उनी यसपटक सतर्क भएका हुन् ।
प्रधानमन्त्रीको भारत भ्रमणको विषय कसरी जटिल बनिरहेको छ र नेपालको राजनीतिमा भारत कुन रुपमा हावी छ भन्ने यो स्पष्ट मानचित्र हो । सत्ता जोगाउने र राजनीतिक करियरलाई सुरक्षित पार्नकै लागि भारतीय पक्षसँग सधैं डराउने प्रवृत्ति नेपाली राजनीतिक दल र नेताहरुमा देखिएको छ । यही प्रवृत्तिकै कारण भारतलगायत विदेशी शक्ति राष्ट्रहरुले पनि नेपाललाई आफ्नो स्वार्थ अनुकूलमा प्रयोग गर्न प्रयास गरिरहेको पाइन्छ, जसलाई तोड्न जनयुद्धको बलमा स्थापित भएको माओवादी केन्द्रका अध्यक्ष तथा हालका प्रधानमन्त्री प्रचण्डले पनि सकेको देखिँदैन, आगे सबैलाई चेतना भया ! जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

इजिप्टले पेट्रोलको मूल्य बढायो

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

३ घण्टा अगाडि
तीनकुने घटनामा संलग्न प्रतिवादीहरूको बयान जारी

प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक