आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

गणतन्त्रका सामन्त हुन् नेताहरु ?!

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
नेपालमा वर्षेनि नेताहरुको उपचारका लागि करोडौं रुपैयाँ खर्च हुने गरेको छ । उनीहरुको उपचार नेपालमा सम्भव नहुने जनाई छिमेकी देश भारतदेखि थाइल्यान्ड र अन्य देशमा उपचारका लागि नेता जाने गरेका छन् । यसरी उपचार गराउन जाँदा उनीहरुको खर्च उठाउने जिम्मेवारी भने सरकारले लिने गरेको छ । त्यति मात्र नभई उपचारको क्रममा दैनिक भत्ता र बिरामी कुरुवालाई पनि भत्ता दिने चलन छ । यसले राज्यको ढुकुटी कसरी दोहन भइरहेको स्पष्ट पार्छ । त्यसरी राज्यको दोहन हुने गरी उपचार खर्च तिराउने नेताहरुले भने आफूहरुले देशका लागि योगदान दिएकाले राज्यले पनि आफूलाई हेर्नुपर्ने दाबी गर्दै आएका छन् ।
उपचार खर्चको नाममा राज्यकोष दोहनको पछिल्लो उदाहरण हो, राष्ट्रपति रामचन्द्र पौडेलको नयाँ दिल्लीमा हालै भएको उपचार । कांग्रेसबाट राष्ट्रपति बनेका पौडेल त्यसक्रममा सादगी नेता भनेर प्रचारप्रसार भयो । अन्य नेताको तुलनामा भ्रष्टाचार, अनियमितता जस्ता गतिविधिमा नमुछिएको भनेर प्रशंसा गरियो । तर, अहिले उनी भारतमा उपचारका लागि जाँदा विभिन्न खर्च र भत्ताका नाममा लाखौं रकम राज्यले व्यहोर्नुपर्ने भएको छ, जसको अहिले चौतर्फी विरोध भइरहेको छ । पहिलो त, राष्ट्रपति पौडेललाई के भएको थियो, उनको नेपालमा उपचार सम्भव थियो कि थिएन ? यो कतै खुलाइएन । तर, उनको लाख राज्यले उपचार खर्च व्यहोर्ने खुलासा भयो । अहिले उनकै पूर्वपार्टीका महामन्त्री गगन थापाले उपचार खर्च राष्ट्रपति आफैले व्यहोर्नुपर्ने प्रतिक्रिया दिएका छन् । चौतर्फी आलोचनापछि पौडेलले पनि उपचार खर्च आफैले व्यहोर्ने घोषणा गरेका छन् । तर यो व्यवहारमा कति लागू हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।
पौडेलको मात्र नभई अन्य नेताहरुले पनि राज्यकोषको चरम दोहन गर्दै आएका छन् । दुई वर्षअघि अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार ०६२–६३ पछि एक दशकभित्र राज्यले पहुँचवालाको उपचारमा तीन अर्ब ८८ करोड नौ लाख ७६ हजार रुपैयाँ खर्च भएको थियो यो रकम खर्च भएको भए नेपालमा एउटा स्तरीय अस्पताल खोल्न सकिन्थ्यो, जहाँ नेता तथा जनताको निःशुल्क उपचार गर्न सकिन्थ्यो । तर, यसलाई बेवास्ता गर्दै नेताहरु विदेशमै उपचार गराउनतर्फ लागे । यसरी उपचार गराउन के कांग्रेस, के कम्युनिस्ट दल, सबै बराबरीमा रुपमा छन् । केपी शर्मा ओली, रामवरण यादव, सुजाता कोइराला, नारायणकाजी श्रेष्ठ, गोविन्दराज जोशी, महिन्दराय यादवलगायत छन् । ठूला नेताहरु जो वर्षेनि विभिन्न शीर्षकमा राज्यबाट सुखसुविधा, भत्ता र आजीवन विभिन्न सुविधा प्राप्त गरिरहेका छन्, उनीहरु नै अझ उपचार खर्चको रुपमा पनि देशलाई लुट्न उद्यत छन् । यसले देशमा गणतन्त्र आए पनि शासक तथा नेताहरुको मनोवृत्ति भने सामन्ती नै रहेको स्पष्ट हुन्छ । यो प्रवृत्तिका कारण जनताले पनि पुराना दल तथा तिनका नेताहरुलाई निर्वाचनमा नराम्ररी पराजित गर्न थालेका छन् । अब सरकारले नै यस्तो कुनै पनि प्रकारको सहयोग कसैलाई पनि नहुने स्पष्ट व्यवस्था गरेर विकृति रोक्न जरुरी छ, सबैलाई चेतना भया ! जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफल

राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी

४१ मिनेट अगाडि
उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

५८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

एनआईसी एसिया ए डिभिजन लिगको बैंकिंग पार्टनर बने

चक्रपथको दोस्रो खण्ड : चीनको ११ अर्ब अनुदान, असारभित्रै काम सुरु हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक