शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

अन्तर्राष्ट्रिय मई दिवसको अन्तर्य र आजको ज्वलन्त आवश्यकता

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
अन्तर्राष्ट्रिय मई दिवसको अन्तर्य र आजको ज्वलन्त आवश्यकता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–लोकनारायण सुबेदी

बिश्वका आम शोषित पीडित मजदुर बर्ग तथा आम जन साधारणको स्थिति आज कर्पोरेट पूँजीको शोषणको शिकार भएर अझ नराम्रोसँग चौतर्फीरुपमाा खराब हुँदै गइरहेको छ । बिश्वका बिभिन्न बिकसित र बिकासशील देशहरुमा समेत दक्षिणपन्थी प्रबृत्तिको बढ्दो झुकाव भएका शक्तिहरुको उदय, उभार र पकड अझ बलियो हुँदै गएको देखिदैछ । यस प्रकारले बिकसित हुँदै आएका घटना प्रबृत्तिहरुको अध्ययन र बिश्लेषण गर्ने ज्ञाताहरुले यो बित्तीय पूँजीले आफ्नो पकड यसरी अझ बलियो बनाउने, आधिपत्य जमाउने अन्तिम प्रयास गरिरहेको स्थितिको द्योतक हो भनिरहेका छन् । उसले आफ्नो यो योजनालाई अगाडि बढाउन अन्तर्राष्ट्रिय बित्तीय पूजीको सेवामा अन्तराष्ट्रिय मुद्राकोष(आईएमएफ), बिश्व ब्यांक, तथा बिश्व ब्यापार संगठन(डब्लुटीओ) लागि परेका छन् । अनि आर्थिक रणनीतिको मूल उदेश्यमा तिनले प्राकृतिक संसाधनहरुलाई कब्जा गर्ने, बजार खडा र कब्जा गर्ने, मुनाफालाई अधिकतम बनाउदै लैजाने तथा पूरा बिश्वमै ऋण आधारित अर्थब्यवस्थालाई अघि बढाउने रहेको प्रष्ट देखिएको छ । यस ब्यवस्थाले कुनै पनि बिरोध या असहमतिलाई सहन गर्न चाँहदैन र तिनलाई बिभाजित तुल्याउने, बिघटित गर्ने र दबाउने इच्छा राख्दछ र त्यस अनुरुप नै चल्छ र चल्ने गर्दै आएको छ ।

अर्कोतिर औद्योगिक उत्पादनमा बढ्दो ठहरावले सर्बत्र नकारात्मक रोजगारी बृद्धि अर्थात बेरोजगारी देखापरिरहेको छ । पूँजीवादी बिश्व डर देखाउने, धम्क्याउने, युद्ध र संघर्षहरुको माध्यमबाट बिकासशील र कमजोर देशफ्नहरुमाथि आफ्नो आर्थिक बोझ थोपर्ने काम गर्न उद्यत, उत्सुक र गतिशील छ । यतिबेला अमेरिकी–नाटोद्वारा उत्पन्न गरिएको यूक्रेन–रुस युद्धको संकटले यूरोपमा युद्ध लम्ब्याउनका लागि प्रेरित गर्दै र यसका लागि सहयोग गर्दै गरेको देखिन्छ । अनि आम जनताको जीवन यापनको बढ्दो लागतकासाथ यूरोप र बिश्वभरीकै श्रमजीवी जनतामाथि अनेक प्रतिबन्धको राजनीति बोझहरु बढिरहेका छन् । यसको परिणामस्वरुप बेरोजगारी दरमा पनि तीब्रतमरुपले बृद्धि भइरहेको छ । मीतब्ययीताको उपायको नाममा पेन्सन, जन स्वास्थ्य, शिक्षा, नागरिक सेवहरुमाथि हमला र कटौति भइरहेको छ । आम जन साधारणहरुबाट सरकारले यस्ता सेवाहरु फिर्ता लिदै गरेको या कटौति गरिरहेको स्थिति छ । यसका अतिरिक्त आज किसानहरुलाई अल्पबिकसित देशहरुमा भूमिबाट बेदखल गर्ने अनेक योजना परियोजना चलाइदैछ र उनीहरुलाई अझ पराश्रयी तुल्याइदैछ । सैन्य बजेट बढाइदैछ । हतियार उद्योग ठूलो नाफाकासाथ फलिफुलिरहेका छन् तर जनताको जीवन स्तरमा ठूलो असमानता देखापरिरहेको र बढ्दो छ ।

अनि बिभिन्न देशमा साशक बर्गको मौन तथा खुलस्त, परोक्ष र प्रत्यक्ष समर्थनबाट बिश्वका बिभिन्न भागमाहरुमा आज फाँसीबादी प्रबृत्ति अझ जाोडतोडले बढिरहेको छ । सबै स्तरमा यस्तो प्रबृत्ति र स्थितिलाई बढावा दिइदैछ । जसले गर्दा देश देशका सँस्कृतिहरु, भाषाहरु, धर्महरु, बिबिध रीति रिवाज र रहनसहन रहेका एकता र भिन्नताका पहिचानहरुको एकता र भिन्नतामा सहमति या असहमति जनाउने मूलभूत लोकतान्त्रिक अधिकारहरुले ठूलो खतरा र चूनौतिको सामना गर्नु परिरहेको छ। निरन्तर दमन र दबाब झेल्नुु परिरहेको छ । जसले गर्दा आज बिश्वभरी नै सर्बत्र के बिद्यार्थी, के शिक्षक–प्राध्यापक, के लेखक,के कलाकार, के पत्रकार, के कानुन ब्यवसायी, के सामाजिक कार्यकर्ता जो कोही पनि कमजोर बर्ग र समुदायका न्यायको पक्षमा खडा छन्, स्वतन्त्र र स्पष्ट बिचार राख्दछन् ती सबैमाथि हमला भइरहेको छ । यो जनताको मुख बन्द गराउने दमनकारी र आक्रामक घोर फँसीबादी प्रबृत्ति नै हो । यो एकदमै स्पष्ट कुरा हो ।

बिश्वमा आज यस प्रकार स्थिति सर्बत्र नराम्रोसँग बिग्रदै गएको छ । सबै कुरा कर्पोरेट पूँजीवादको हितमा सुम्पिने र यसरी जन अधिकार, नाागरिक स्वतन्त्रता र जीवीकोपार्जनलाई नै खतरामा पार्ने कसरत निरन्तर भइरहेको र बढिरहेको छ । अर्कोतिर साम्प्रदायिक बीष फैलाएर जनतालाई बिभाजित तुल्याउने र यी मूल मुद्दाहरुबाट उनीहरुको ध्यान अन्यत्र मोड्ने खतरनाक काम पनि सँगसँगै चलाइएको छ । जसले गर्दा जनतालाई रोजीरोटी,शिक्षा, स्वास्थ्य, समाजिक सुरक्षा जस्ता ज्वलन्त अर्थ–समाजिक समस्याहरुबाट बिपरीत अन्यत्र भडकाउने स्थिति बिकसित भइरहेको या गरिदैछ । यसरी राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक आदि जन जीवनका प्रायः सबै क्षेत्रमा र प्रायः सबै देशका सरकारहरुको दृष्टिकोण र हर्कत जन बिरोधी प्रतिकृयाबादी प्रकृतिको बन्दै गएको छ । तिनीहरु सबै रहे सहेको ‘कल्याणकारी राज्य’को अबधारणलाई नै समाप्त पार्न उद्यत रहेको र कस्सिदै गएको देखिदैछ । यस प्रकार आईएफ–बिश्वब्यांकहरु जस्ता बित्तीय संस्थाहरुको साथ लिएर तिनीहरुले जनताका प्रायः सबै मौलिक आबश्यकताहरु पूर्ति गर्ने जिम्मेवारीबाट मुख मोडिरहेका छन् र पछाडि फर्किरहेका छन् । श्रमजीवी बर्ग यस स्थितिबाट नराम्रोसाग र सबैभन्दा बढी आहत र आक्रान्त भइरहेको छ ।

त्यसैले आजको यो सर्बत्र बढ्दो फाँसीवादी प्रबृत्तिका बिरुद्ध अनि जनताका सामान्य मौलिक हक अधिकारहरु पनि कटौति गर्ने कुटील हर्कतहरुका बिरुद्ध आम जनता त्यसमा पनि बिशेषतः श्रमिक जनता पहिला कहिल्यैभन्दा बढी जागरुप, सचेत, संगठित र संघर्षशील हुनुको कुनै बिकल्प नै छैन । श्रमजीवी जनताका लागि यो जीवन–मरणको सबाल बनेको छ । अतः रोजगारी, यसको सुरक्षा, कार्यस्थलका अधिकार, सामाजिक सुरक्षाका लागि सबै जाति, समुदाय, र धर्म सम्प्रदायका मजदुर, किसान तथा राष्ट्रिय पूँजीपतिहरु एकजुट हुनु अनिबार्य र बाध्यकारी स्थिति बनिरहेको छ । किनकि उनीहरुको जीवन चौतर्फीरुपमा खतराको संघारतर्फ नराम्रोसँग धकेलिदै गएको छ । यस्तो शासन र शोषणबाट मुक्ति नै आजका श्रमिकहरुको मूलभूत आवश्यकता हो । श्रमजीवी बर्गले यो जटील वास्तबितालाई बुझेर आफ्नो संघर्षलाई अर्थबादबाट मुक्त गरी यस दिशामाा अग्रसर गराउनु आजको पहिलो र सर्बोपरी आवश्यकता हो । मई दिवस जिन्दाबाद ! अन्तर्रााष्ट्रिय मई दिवसको मर्म र भावना अमर रहोस् !

यो पनि पढ्नुहोस्

इजिप्टले पेट्रोलको मूल्य बढायो

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

३ घण्टा अगाडि
तीनकुने घटनामा संलग्न प्रतिवादीहरूको बयान जारी

प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक