आइत, बैशाख २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

नेपाल ऐतिहासिक एसिया कपको संघारमा पुग्दा एसिया कप भने रद्द हुने जोखिम!

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपाल ऐतिहासिक एसिया कपको संघारमा पुग्दा एसिया कप भने रद्द हुने जोखिम!
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

मैती शाेसियल रन ८३ सम्पन्न

मैती शाेसियल रन ८३ सम्पन्न

२ दिन अगाडि
२० वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुग्याे आर्सनल

२० वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुग्याे आर्सनल

४ दिन अगाडि
काठमाडौँ – अहिले नेपाल ऐतिहासिक रुपमा एसिया कप खेल्ने संघारमा पुगेको छ। सोमबार वर्षाले खेल बिथोलेको भए पनि नेपालको एसिया कप सम्भावना बलियो छ। नेपालको एसिया कपको टुंगो कम्तिमा मंगलबारसम्ममा तय हुनेछ। तर, नेपालको यो संघर्ष एकातिर रहँदा आगामी सेप्टेम्बरका लागि पाकिस्तानमा हुने तय भएको एसिया कप भने भारत र पाकिस्तानको इगोको लडाइँको सिकार हुने जोखिम बढेको छ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार भारत र पाकिस्तान यसै वर्ष हुने एसिया कप र एकदिवसीय विश्वकपका लागि एकअर्काविरुद्ध भिड्न तयार छन्। एशिया कपको आयोजना पाकिस्तानमा हुँदा एकदिवसीय विश्वकप भारतमा आयोजना हुँदैछ। यस्तोमा भारतले भने पटक–पटक पाकिस्तानमा गएर एसिया कप नखेल्ने बताउँदै आएको छ। जवाफमा पाकिस्तानले पनि भारतमा आयोजना हुने विश्वकप सहभागी नहुने धम्की दिने गरेको छ।मुख्य रुपमा भारतले एसिया कपमा पाकिस्तानमा सहभागिता नजनाउने भनेर सार्वजनिक रुपमा नै घोषणा गरेपछि योबीचमा एकआपसमा धेरै बैठकहरु बसिसकेको भए पनि दुबै बोर्ड कुनै निर्णयमा पुगिसकेका छैनन्।पाकिस्तानी बोर्डले बिसीसीआईसमक्ष ‘हाइब्रिड’ मोडलको प्रस्ताव गरेको छ। पाकिस्तानले एसिया कपमा भारतको खेल पाकिस्तानबाहिर गर्न आफू सकरात्मक रहेको जनाएको छ। तर, भारतले उक्त प्रस्ताव रद्द गरेको बिसीसीआई स्रोतलाई उदृत गर्दै ‘क्रिकट्र्याकरले’ जनाएको छ। जसका कारण एसिया कप रद्द हुने संघारमा पुगेको छ।पाकिस्तानको अल्टिमेटम

पाकिस्तान क्रिकेट बोर्डले एसिया कप २०२३ को आयोजनाको अधिकार खोस्न कसैले नसक्ने जनाएको छ। उसले अन्य देशमा एसिया कप आयोजना गर्नका लागि आफू सहमत हुन नसक्ने जनाएको छ। श्रीलंका र युएईले भने एसिया कप आयोजनाका लागि चासो देखाउँदै आएका छन्।

मिडिया रिपोर्टका अनुसार यदि पाकिस्तान आफ्नो ‘हाइब्रिड’ मोडलको प्रस्तावमा कायम रहने र भारतले त्यसलाई नस्वीकार्ने अवस्था आएमा यो वर्ष एसिया कप नहुने सम्भावना बढी छ। यद्यपि, यो मोडल समाधानका लागि राम्रो विकल्प हुनसक्ने सम्भावना भने तत्काललाई सार्वजनिक रुपमा भने अस्वीकार गरिएको छैन।बिसीसीआईका सचिव जय शाहले केही अघिसम्म यो मोडलमा चासो देखाएका थिए। तर, अहिले उनी आफै विरोधमा रहेका छन्। तर आधिकारिक रुपमा बिसीसीआईले आफ्नो धारणा सार्वजानिक गरेको छैन।पाकिस्तानले एसिया कपको विषयमा चाँडो टुंगोमा पुग्न आग्रह र दबाब दिँदै आएको छ। यदि एसिया कपका विषयमा उठेका प्रश्नहरु चाँडो समाधान नभए पाकिस्तानमा आयोजना हुने २०२५ को आईसीसी च्याम्पियन्स ट्रफी आयोजनामा पनि बाधा पुग्न सक्ने जनाइएको छ। एसिया कपको विषयमा चाँडै ठूलो निर्णय लिन सक्ने जनाइएको छ।भारत गर्दैछ अर्को तयारी

एसिया कप २०२३ रद्द हुने चर्चाबीच भारतले भने आफ्नो दोस्रो योजनाका लागि काम अघि बढाएको जनाइएको छ। भारतले एसिया कपको विकल्पमा पाँच देश सम्मिलित प्रतियोगिताको आयोजना गर्ने तयारी गरेको छ।बिसीसीआईले एसिया कप रद्द भएमा सोही मितिमा पाँच देश सम्मिलित छुट्टै प्रतियोगिताको आयोजना गर्ने तयारी गरेको छ। जसले गर्दा पाकिस्तानमाथि थप दबाब बढेको छ।भारतले नचाहेको खण्डमा एसिया कप हुने सम्भावना कमजोर रहने छ। भारतको आईसिसीमा नै ठूलो पकड रहेकाले पाकिस्तान बाध्य भएर आयोजनाको जिम्मेवारी त्याग्न सक्ने सम्भावना पनि रहेको जनाइएको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

रास्वपाको सचिवालय बैठक आज बस्दै

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

कानूनमन्त्रीले पदभार ग्रहणसँगै प्रतिवेदन बुझाइयो

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक