आइत, बैशाख २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

उपाधि हाेडमा रहेकाे जावलाखेल युथ क्लबलाई पुलिस क्लबको झट्का

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
उपाधि हाेडमा रहेकाे जावलाखेल युथ क्लबलाई पुलिस क्लबको  झट्का
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दौडमा रहेको जावलाखेल युथ क्लबलाई विभागीय टोली नेपाल पुलिस क्लबको नमिठो झट्का लागेको छ ।

एन्फा कम्प्लेक्स मैदानमा मंगलबार भएको खेलमा जावलाखेल रेलिगेसनको दबाबमा रहेको पुलिससँग २-१ गोलले स्तब्ध बन्यो ।

पुलिसको जितमा दुवै गोल विदेशी खेलाडी मोसेस ग्याबाह र अहमद हिजाजीले गर्नुभयो । जावलाखेलका विपिन कँडेलले सान्त्वना गोल फर्काउनुभयो । मोसेसले ३५औं मिनेटमा गोल गर्दै पुलिसको उत्साह जगाउनुभयो ।

८८औं मिनेटमा हिजाजीले गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाउनुभयो । ८९औं मिनेटमा जावलाखेलका विपिनले गोल फर्काएपनि टोलीको हार टरेन ।

लिगमा चौथो जित निकालेको पुलिसले १४ खेलबाट १५ अङ्क बनाएको छ । पुलिस १२औं स्थानमा छ । पराजित जावलाखेल समान खेलबाट २४ अङ्क जोड्दै शीर्षस्थानमा छ ।

यस्तै च्यासल मैदानमा भएको अर्को खेलमा थ्रीस्टार क्लब र एफसी खुमलटारले २–२ गोलको बराबरी खेल्दै अङक बाँडेका छन् । प्रतिस्पर्धात्मक खेलमा थ्रीस्टारले चौथो मिनेटमा लाकेन लिम्बुको गोलबाट अग्रता लिएको थियो ।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा खुमलटारका मेसुके ओलुमोउले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।५०औं मिनेटमा समिर बिनोङले गोल गर्दै खुमलटारलाई अग्रता दिलाउनुभयो । त्यसपछि ६७औं मिनेटमा थ्रीस्टारका आदित्य शाक्यले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

बराबरीसँगै थ्रीस्टारले शीर्षस्थानमा उक्लने मौका गुमायो । दोस्रो स्थानमा रहेको थ्रीस्टारको १४ खेलबाट २३ अङ्क पुगेको छ । समान खेलबाट १४ अङ्क बनाएको खुमलटार अन्तिममा छ ।

यो पनि पढ्नुहोस्

आफन्तलाई नियुक्ति नगर्न रविकाे निर्देशन

रास्वपा इतिहास लेख्ने यात्रामा

४५ मिनेट अगाडि
न्यूनतम शैक्षिक योग्यता पीएचडी हुनुपर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण

न्यूनतम शैक्षिक योग्यता पीएचडी हुनुपर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण

५६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

रास्वपाको सचिवालय बैठक आज बस्दै

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

४ हजार ६३१ सवारी दुर्घटना

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक