बुध, बैशाख ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रहरी बलका युनिटहरुमा पाहुनाको स्वागतका लागि खादा र फूल खरिद गर्न निषेध

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
प्रहरी बलका युनिटहरुमा पाहुनाको स्वागतका लागि खादा र फूल खरिद गर्न  निषेध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सशस्त्र प्रहरी बलका युनिटहरुमा पाहुनाको स्वागतका लागि खादा र फूलको खरिदलाई निषेध गरिएको छ ।

सरकारको अनावश्यक खर्च नगर्ने नीति अनुसार आगन्तुकको स्वागतका लागि खादा र फूल खरिद नगर्ने नीति अख्तियार गरिएको सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्काले जनाए ।

सोमबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकमा आयोजित पत्रकार सम्मेलनमा खड्काले भने, ‘देशैभरका युनिटमा सोही अनुसार खादा र फूल खरिद नगर्न परिपत्र गरेका छौं ।’ उनका अनुसार फूल दिनै परे स्थानीय स्तरमा उपलब्ध दिन निर्देशन दिइएको छ । सशस्त्र प्रहरी बलले सादा पोशाकमा सशस्त्र प्रहरी कर्मचारी परिचालन नगर्ने नीति समेत अख्तियार गरेको छ ।

प्रवक्ता खड्काका अनुसार सीमा क्षेत्रबाट गुनासो आउन थालेपछि सादा पोशाकमा कर्मचारी नखटाउने निर्णय गरिएको हो । ‘विशेष अवस्थामा खटाउनु परे सम्बन्धित कार्यालय प्रमुखले माथिल्लो युनिटलाई जानकारी गराउनुपर्ने भनिएको छ’, खड्काले भने, ‘यसबारे पहिले गृहबाट पनि मापदण्ड बनाएर परिचालन गर्न भन्दै परिपत्र भएको थियो ।’

सशस्त्र प्रहरी कर्मचारीहरुलाई कुटनीतिक नियोग तथा विभिन्न राजनीतिक नेतृत्वसँग भेटघाटलाई पनि कडाइ गरिएको छ । ‘यसबारे आचरण सम्बन्धी स्थायी आदेश नै जारी गरेका छौं, विदेश तालिममा पठाउनका लागि नीति तर्जुमा गरेर नियम संगत रुपमा क्राइटेरियाभित्र पर्ने कर्मचारीलाई विदेश तालिममा पठाउने व्यवस्था गरेका छौं’, खड्काले भने ।

सशस्त्र प्रहरी कर्मचारीहरुको आधारभूत आवश्यकतामा विशेष जोड दिँदै ६५ युनिटहरुमा जवान मेसको स्तरोन्नति गरिएको खड्काले बताए । उनका अनुसार जनशक्तिको अनुपातमा शौचालाय तथा स्नान गृहको निर्माण गरिएको छ । ‘एक जवान एक बेडिङ्ग तयार भइसकेको छ, ७० युनिटहरुमा सिसु स्याहार केन्द्र स्थापना गरिएको छ’, उनले भने ।

यो पनि पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

२ घण्टा अगाडि
यी हुन्- मन्त्रिपरिषद्‍ले गरेका ९ निर्णय

मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी आवश्यक

इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

वैदेशिक रोजगार व्यवसायी संघभित्र विवाद चर्किँदै

रविविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक