सोम, बैशाख १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

लडाकुलाई २-२ लाख दिने निर्णयको विरोधमा उत्रिए

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
लडाकुलाई २-२ लाख दिने निर्णयको विरोधमा उत्रिए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले बृहत् शान्ति सम्झौता र शान्ति प्रक्रियालाई स्वीकार नगर्नेहरु अयोग्य लडाकुलाई २-२ लाख दिने निर्णयको विरोधमा उत्रिएको आरोप लगाएका छन् ।
‘अनमिनबाट अयोग्य भनिएका लडाकुलाई केही न केही राहत दिनुपर्छ भन्ने कुरा धेरै पहिले सरकारले गरिसकेको हो । सर्वोच्च अदालतले कार्यविधि बनाएर वितरण गर्नू भनेपछि अहिलेको समयमा पर्न गएको मात्र हो । राज्यमा संकट छ, समय फेरबदल गरौं भन्नु एउटा पाटो होला, तर लडाकुलाई पैसा दिनैहुन्न भन्नु मुलुकमा फेरि पनि द्वन्द्व, अस्थिरता र अराजकता मच्चाउन खोज्ने पश्चगामी प्रवृत्ति हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
माओवादी महासचिव गुरुङले पश्चगामी शक्तिहरु जनयुद्ध र लडाकुलाई अपराधीकरण गर्ने, बृहत् शान्ति सम्झौतालाई अस्वीकार र निषेध गर्ने चिन्तनबाट निर्देशित भएको आरोप पनि लगाए । उनले भने, ‘यो भनेको बृहत् शान्ति सम्झौतासँग जोडिएको कुरा हो । शान्ति प्रक्रिया, लडाकु र जनयुद्धका विरुद्ध बोल्ने पश्चगामी चिन्तन र प्रवृत्ति गलत छ । अहिले मुलुकमा आर्थिक संकट छ, अर्को वर्ष गरौं, सारौं, यसै विलम्ब भयो, उसै विलम्ब भयो भन्नु स्वाभाविक होला । तर अहिलेको विरोध शान्ति प्रक्रियालाई स्वीकार नगर्नेहरुले गरेका हुन् ।’
नेकपा एमालेको वर्तमान नेतृत्व कहिले टीआरसी विधेयक, कहिले आयोग त कहिले अदालतमा अड्काउने ध्वंसात्मक प्रवृत्तिमा लागेको गुरुङले बताए । उनले भने, ‘एमालेको पछिल्लो नेतृत्व बृहत् शान्ति सम्झौतालाई उल्टाउने सोचमा छ । अयोग्य भनिएका लडाकुलाई राहत दिने कुरा केपी शर्मा ओली प्रधाननमन्त्री र विष्णु पौडेल अर्थमन्त्री भएकै बेलाको बजेटमा पारिएको हो । अहिले आएर त्यसको विरोध गर्नु द्वैध चरित्रको द्योतक हो । १० वर्ष लडेको लडाकु रित्तो हात निस्कँदा केको टाउको दुखाइ ?’
मन्त्रीमण्डललाई पूर्णता दिने कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भन्दा पनि सरकारमा सामेल हुन बाँकी गठबन्धन दलहरुको विषय भएको पनि उनले औंल्याए ।

यो पनि पढ्नुहोस्

आङदेम्बे संसदीय दलको नेतामा सर्वसम्मत चयन

आङदेम्बे संसदीय दलको नेतामा सर्वसम्मत चयन

३ घण्टा अगाडि
चलचित्र ‘रोल नं १’को गीत सार्वजनिक

चलचित्र ‘रोल नं १’को गीत सार्वजनिक

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

देशका विभिन्न स्थानमा  बदली

मन्त्रिपरिषद् बैठक सुरु

बिपी राजमार्ग अझै संचालनमा आउन सकेन

प्रधानाध्यापक ५४ वर्षीय डम्मरुप्रसाद दाहालमाथि हातपात

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक