काठमाडौँ — फरार सांसद लक्ष्मी महत्तो कोइरीको ‘बिरामी बिदा’ विषयमा आगामी अधिवेशनमा निर्णय गर्ने भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकको अन्तिम दिन कोइरी बाहेकका सांसदहरुको बिरामी बिदा स्वीकृत भएको जानकारी गराए । ‘सांसद लक्ष्मी कोइरीको बारेमा विभिन्न विषयहरु उठेकाले यस विषयमा आगामी अधिवेशनमा कानुनअनुसार निर्णय हुनेछ,’ सभामुख घिमिरेले बैठकमा जानकारी गराएका छन् ।
सभामुख घिमिरेले माओवादी सांसद वर्षमान पुन, कांग्रेस सांसदहरु चन्द्र भण्डारी, विनाकुमारी थनैत र मनोरमा शेरचनको बिरामी बिदा भने सदनले स्वीकृत गरेको जानकारी गराएका थिए ।
यस्तै माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका सांसद रवि लामिछाने, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीलगायतले पनि आपत्ति जनाए । लगत्तै बैठक आधा घण्टाका लागि स्थगित गरेर सहमतिका लागि विभिन्न राजनीतिक दलका पदाधिकारी छलफल भएको थियो ।
यसैगरी सभामुख घिमिरेले कार्यवहाक राष्ट्रपति रामसहायप्रसाद यादवको हिउँदे अधिवेशन अन्त्यसम्बन्धी पत्र पढेर सुनाएका थिए । मन्त्रिपरिषद्को वैशाख १२ गतेको सिफारिसअनुसार कार्यवहाक राष्ट्रपति यादवले शुक्रबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका छन् ।

