शुक्र, साउन २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home राेचक संसार

चीनले रक्सी लट छुटाउन चिपको प्रयोग गर्दै

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
चीनले रक्सी लट छुटाउन चिपको प्रयोग गर्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । रक्सीको लतबाट कसरी मुक्त हुने रु यो प्रश्नको गतिलो जवाफ दिनेगरी चीनमा एउटा नयाँ प्रयोग गरिएको छ । रक्सीको लतबाट पीडित एक व्यक्तिको शरीरमा चिप प्रत्यारोपण गरिएको हो ।

चाइना साउथ मर्निङ पोस्टमा प्रकाशित एक रिपोर्टका अनुसार ३६ वर्षीय पुरुष लिउको शरीरमा उक्त चिप प्रत्यारोपण गर्न केवल पाँच मिनेटको शल्यक्रिया गर्नुपरेको थियो । चिप प्रत्यारोपणसँगै लिउलाई रक्सी पिउन तलतल लाग्नेछैन ।

१२ अप्रिलमा गरिएको उक्त शल्यक्रियाबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन । यद्यपि यो हुनान राज्यको हाई(टेक ब्रेन अस्पतालमा गरिएको थियो ।

यसलाई एक क्लिनिकल ट्रायलको रूपमा हेरिएको छ । संयुक्त राष्ट्रको अन्तर्राष्ट्रिय नार्कोटिक्स कन्ट्रोल ब्यूरोका उपाध्यक्ष रहेका हाओ वेई नामका चिकित्सकको नेतृत्वमा उक्त शल्यक्रिया गरिएको हो । उनले आफ्नो टोलीसँग मिलेर अल्कोहल क्रेभिङ चिप बनाएका हुन् ।

चिपले कसरी काम गर्छ ?

यो चिपलाई सानो शल्यक्रिया गरेर मस्तिष्कमा प्रत्यारोपण गरिन्छ । प्रत्यारोपणसँगै यसले नाल्ट्रेक्सोन नामक रसायन निकाल्छ जसलाई शरीरले अवशोषित गरेपछि रिसेप्टरहरूले यसलाई मस्तिष्कको कार्यमा पठाउनेछन् ।

नाल्ट्रेक्सो रसायन एउटा यस्तो पदार्थ हो जसलाई विभिन्न प्रकारको लागु पदार्थको दुर्व्यसनबाट पीडित र सबै प्रयासको बाबजुद पनि यसलाई छोड्न असमर्थ व्यक्तिहरूको उपचारमा प्रयोग गरिन्छ।

एससीएमपीका अनुसार लिउले १५ वर्षदेखि मदिरा सेवन गर्दै आएका थिए । एकपटकमा एक लिटरभन्दा बढी रक्सी पिएपछि हिंसात्मक व्यवहार देखाउने उनको बानीले सबै आजित थिए । बिहानको खाजाअघि नै एक लिटर रक्सी पिउनुपर्ने उनी ड्युटीको समयमा रक्सी पिउँदा जागिरबाटै निकालिनु परेको थियो ।

‘म रक्सी नपाउँदा असाध्यै विचलित हुन्थे र लगभग डिप्रेसनमा जान्थेँ’ शल्यक्रियापछि उनले भने, ‘मलाई आशा छ कि अब म अन्य मानिसहरू जस्तै सामान्य जीवन जिउन सक्षम हुनेछु ।’

अमेरिकन जर्नल अफ फिजिएट्रीका अनुसार नल्ट्रेक्सोनको एक मात्रा सेवन गर्दा रक्सीको लतबाट छुटकारा पाउन निकै प्रभावकारी साबित भएको छ। यसले पिउने इच्छा कम गर्छ। अमेरिकामा पनि आधाभन्दा बढी मानिसले धेरै रक्सी पिउने गर्छन् ।

यो चिपबारे समाचार बाहिरिएपछि सामाजिक सञ्जालमा रमाइला बहस भइरहेको एससीएमपीले लेखेको छ ।

यो पनि पढ्नुहोस्

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

सांसदले नै बुझेनन् आफ्नो जिम्मेवारी !

१२ घण्टा अगाडि

प्रधानमन्त्री–राजदूत भेटवार्ताको संकेत र अबको बाटो

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचवटा संसदीय समितिको बैठक बस्दै

गोपनीयतासम्बन्धी कसुरमा गिरफ्तार गरेको बारेमा ध्यानाकर्षण

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मलेसियामा २२ जना नेपाली पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक