सोम, बैशाख १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

मुगुको व्यथा : पुस्तौँदेखि दियालोकै भर

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
मुगुको व्यथा : पुस्तौँदेखि दियालोकै भर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

‍मुगु । छायाँनाथ रारा नगरपालिका-१२ सोभागाउँका राममाया बुढाको पाँच जनाको परिवार पुस्तौँदेखि दियालोकै भरमा छ। गाउँमा बिजुली नपुग्दा उनी अझै पनि सल्ले झर्रोको भरमा रात कटाउन बाध्य छन् ।

उनका छिमेकी कुम्मलाल बुढाको छ परिवारको व्यथा पनि उस्तै छ । ‘मेरो पालामा त अझै गाउँमा बत्ती बल्दैन होला’, उनले भने, ‘बत्ती नहुँदा गाउँ समसाँझै सुनसान हुन्छ, अहिले त बत्तीकै आशामा दिन बित्न थाल्यो ।’ उनी गाउँमा बिजुली नहुँदा मोबाइल चार्ज गर्न पनि आधा घण्टा हिँडेर गमगढी बजार जान बाध्य छन् ।

गाउँबाट पारि हेर्दा गमगढी बजार बत्तीले झिलीमिली भए पनि आफूहरू अँध्यारोमा बस्दा ठूलो पीडा हुने गरेको ६९ वर्षीय उनले बताए ।’बच्चैदेखि दियालो बाल्दा दम र आँखाको रोगको सिकार हुनुपरेको छ’, उनले भने, ‘बाजेको पालादेखि दियालोकै भरमा छौँ, यस्तै अवस्था रहे हाम्रा छोराहरूले पनि बत्ती बाल्न पाउँदैनन् होला ।’

दियालोको धुवाँका कारण उनी झन्डै दुई दशकदेखि दमका बिरामी छन् । मोतीविन्दुको समस्या पनि देखिएको छ । शोभागाउँका एक सय ६५ परिवार ‘बत्तीमुनिको अँध्यारो’ मा बस्न बाध्य भएको उनले बताए।पछिल्लो राष्ट्रिय जनगणनाअनुसार जिल्लाभरि झन्डै नौ हजार घरधुरी छन् । यसमध्ये करिब पाँच हजार परिवार दियालो भरमा रहेको जनगणनाको तथ्याङ्कले देखाएको छ ।

अहिलेसम्म सदरमुकाम आसपासका झन्डै चार हजार परिवारले मात्र विद्युत् र वैकल्पिक ऊर्जा प्रयोग गर्न पाएको जनगणनाले जनाएको छ । सदरमुकामस्थित छायानाथरारा नगरपालिकाका दुई हजार पाँच सय ४६ घुरधुरीमध्ये एक हजार छ सय घरधुरीमा गमगाढ जलविद्युत् आयोजनाको बिजुलीपुगेको छ ।

अझै करिब एक हजार घरधुरी विद्युत्को पहुँच बाहिर छन् । चार सय किलोवाटको आयोजनाले अझै पनिशोभा, रोवा, तल्लेख, घट्टलेख, सालिम, रयाङच्याकाटी, लुम्स, बालचौर, कम्फा, बाम र मुर्मा गाउँमा बिजुली पुर्‍याउन सकेको छैन ।

सरकारले मुगुमा अझै पनि राष्ट्रिय प्रसारण लाइन पुर्‍याएको छैन । खत्याड गाउँपालिकामा भने कुनै पनि वडा र बस्तीमा विद्युत्को पहुँच छैन । तीन हजार ६ सय ५१ घरधुरी अझै पनि टुकी र दियालोकै भरमा छन् । गत असोज १९ देखि २३ गतेसम्मको भीषण बाढीपहिरोले गाउँपालिकाका १५ साना र लघुजलविद्युत् आयोजनामा क्षति पुर्‍याएपछि पूरै जनसङ्ख्या बत्तीविहीन हुन पुगेको गाउँपालिका उपाध्यक्ष सरिता रोकायाले बताए ।

उनका अनुसार बाढी पहिराले सेरी, तोलीखो, खर्क, केराइ चिमढुग्री, पइखु, चामिरखर्क, पन्सेरी राष्कोटीबाडालगायत १५ वटा साना र लघुजलविद्युत् योजना तहसनहस पारिदिएको छ ।’ती योजना बनाउन कम्तीमा रु १० करोड बजेट आवश्यक छ’, उनले भने, ‘पालिका एक्लैले त्यत्रो रकम खर्च गर्न सक्दैन, प्रदेश र सङ्घीय सरकारले बेवास्ता गरिरहेका छन् ।’

उनका अनुसार बत्ती नहुँदा स्थानीयको आयआर्जनको बाटो बन्द भएको छ। बालबालिका गृहकार्य गर्नबाट समेत वञ्चित छन् ।

खत्याड गाउँपालिकामा पनि विद्युत्को पहुँच शून्य छ। कृषि र फलफूल उत्पादनमा सबैभन्दा अब्बल मानिएको पालिकामा बत्तीको अभावले साना उद्योग(व्यवसाय सञ्चालन गर्न नसकिएको स्थानीय व्यापारी लोकराज दाहाल बताउँछन्।

विद्युत् भए गाउँमै ब्लक निर्माण, सिलाइ उद्योग, पाउरोटी, काट चिरान, क्रसरलगायतका उद्योग सञ्चालन गर्न सकिन्थ्यो। विद्युत्को समस्याले कम्प्युटर शिक्षासमेत ओझेलमा परेको स्थानीय शिक्षक कमल शर्माले बताए। पालिकाका विद्यार्थीले अहिलेसम्म कम्प्युटर विषय पढ्न पाएका छैनन्।

झन्डै एक हजार दुई सय घरधुरी रहेको कार्मारोङ गाउँपालिकामा बसोबास गर्ने चार सय ३१ परिवार पनि अझै परम्परागत ऊर्जाकै भरमा छन्। सोरु गाउँपालिकाको केन्द्र सोरुकोटमा ६० किलोवाटको सोलार जडान गरिएको भए पनि स्थानीयले अझै पनि बिजुली देख्न नपाएको स्थानीय कर्णजङ्ग शाहीले बताए ।

नेरखोला जलविद्युत् आयोजनालाई विस्तार गरी सबैको घरमा बत्ती पुर्‍याउने लक्ष्य राखिएको भए पनि बजेट अभावमा योजनालाई गति दिन नसकिएको पालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए । दियालोको धुवाँले गर्दा झन्डै ७५ प्रतिशत ज्येष्ठ नागरिक दम रोगबाट पीडित भएको पालिकाको तथ्याङ्क छ।

गमगाढ साना जलविद्युत् आयोजना पटकपटक अवरुद्ध हुन थालेपछि सङ्घीय सरकारले दुई वर्षअघि गमगढीमा चार सय किलोवाटको सोलार प्लान्ट जडान गर्ने योजना ल्याए पनि बजेट अभावमा अझै काम अघि बढ्न सकेको छैन।

प्लान्ट जडानका लागि चैत महिनाभित्र ठेक्का खोल्ने तयारी गरिएको गमगाढ साना जलविद्युत् आयोजनाका वितरण प्रमुख साजनबहादुर ऐडीले बताए ।

मुगुमा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न प्रतिनिधिसभा सदस्य ऐनबहादुर शाहीलगायतका सांसदले दबाब दिएपछि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असारभित्र गमगढीमा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने प्रतिबद्धता जनाएको छ । घिसिङ गत असोजमा मुगु र हुम्लामा विद्युत् सम्भाव्यताबारे अध्ययन गर्न आफैँ आएको थियो। RSS

यो पनि पढ्नुहोस्

आङदेम्बे संसदीय दलको नेतामा सर्वसम्मत चयन

आङदेम्बे संसदीय दलको नेतामा सर्वसम्मत चयन

३ घण्टा अगाडि
चलचित्र ‘रोल नं १’को गीत सार्वजनिक

चलचित्र ‘रोल नं १’को गीत सार्वजनिक

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

देशका विभिन्न स्थानमा  बदली

मन्त्रिपरिषद् बैठक सुरु

बिपी राजमार्ग अझै संचालनमा आउन सकेन

प्रधानाध्यापक ५४ वर्षीय डम्मरुप्रसाद दाहालमाथि हातपात

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक