शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

कस्तो रह्यो राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको रुस भ्रमण ?

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ — एक वर्षभन्दा लामो समयदेखि रुस–युक्रेन युद्ध चलिरहेकै बेलामा नेपालबाट वैशाख ६–१२ सम्म एक उच्चस्तरीय भ्रमण सम्पन्न भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा एक संसदीय टोलीले रुसका दुई ठूला शहर मस्को र सेन्ट पिटरसवर्गको भ्रमण गरेको हो । उक्त अवशरमा नेपालको राष्ट्रिय सभा र रुसको माथिल्लो सदन फेडेरेसन काउन्सिल बीच ‘अन्तर संसदीय सहयोग सम्झौता’ भयो ।

उक्त सम्झौता पत्रमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र रुसको माथिल्लो सदन फेडेरेसन काउन्सिलकी अध्यक्ष भालेन्टिना भाट्भिइन्को बीच हस्ताक्षर भएको थियो । परराष्ट्र मन्त्रालयलाई जानकारी दिइएर उक्त सहमति भएको र त्यसमा मन्त्रीपरिषद्को निर्णय आवश्यक नपर्ने अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । उनले भ्रमणको समिक्षा गर्दै अत्यन्तै सफल भएको अनुभूति गरेको उल्लेख गरे । ‘दुई माथिल्लो सदन बीचमा साझेदारी पत्रमा हस्ताक्षर गर्‍छौं । त्यो सरकारललाई जानकारी दिएर परराष्ट्र मन्त्रालयसँग सल्लाह गरेर गरेका हौं,’ उनले भने,‘हाम्रो दुई संसद बीचको सहकार्य गर्ने, संसद बीचको अनुभव आदान–प्रदान गर्ने, संसदीय मैत्री समूहहरु गठन गर्ने । भ्रमणहरु आदान प्रदान गर्ने तथा ज्ञान र प्रविधि साटा साटा गर्ने गरि साझेदारी भएको हो ।’

साझेदारीसँगै अब दुई सदन बीचमा आधुनिक डिजिटल प्रविधिको प्रयोग गरी संसदीय गतिविधि, आधिकारिक प्रकाशन र आपसी चासोका अन्य दस्तावेजहरूको सूचना आदानप्रदान गर्दै संसदीय गतिविधिहरू, संसदीय गतिविधिको डिजिटाइजेसन र सभा, समिति तथा आयोगहरूको कार्यमा सूचना तथा सञ्चार प्रविधिको उपयोगमा अनुभव आदान–प्रदान गर्ने बाटो खुलेको छ ।

भ्रमणकै बेला अध्यक्ष तिमिल्सिनाले रुसी उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोसँग पनि भेटवार्ता गरे । त्यस अवशरमा रुसले नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन सकारात्मक देखिएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । ‘रुसी उपप्रधानमन्त्री ज्यूले नेपाल सरकारले चाहेको अवस्थामा जिटुजीमार्फत मल र गहुँ उपलब्ध गराउन तयार रहेको बताउनु भयो । त्यसका लागि नेपालले मन्त्री परिषद्बाट निर्णय गरेर प्रक्रिया अगाडि बढाउन उहाँको आग्रह थियो,’ अध्यक्ष तिमिल्सिनाले भने ।

उक्त भेटवार्तामा नेपाल र रुसबीचको सिधा हवाईसेवा सुरु गर्ने, रुसमा नेपाली विद्यार्थीको शिक्षाको लागि कोटा बढाउने, सबवे, रेलमार्ग, मोटरवे र जलविद्युत् आयोजना निर्माणमा पूर्वाधार निर्माणमा सहयोग गर्ने विषयमा पनि छलफल भएको अध्यक्षले जानकारी दिए । उनले भने,‘के के विषयमा कुराकानी र छलफल गर्ने भन्ने बारेमा भ्रमण अघि नै मैले सम्माननीय प्रधानमन्त्री ज्यूसँग कुराकानी गरेर गएको थिएँ । त्यसले गर्दा दुई मुलुक बीचको कुराकानीलाई अगाडि बढाउन सहज पनि भयो ।’

अध्यक्ष तिमिल्सिनाले नेपालमा रुसको सहयोगमा बारेमा पनि चासो राखेको बताए । ‘पूर्व सोभियत संघको पालामा नेपालमा सहयोग आइरहन्थ्यो । विगत ३० वर्षमा सहयोग कमि आएको छ । तर फेरि बढाउने भन्ने कुरा गर्नु भयो,’ उनले भने,‘दुई मुलुक बीचमा सबै खाले सम्बन्धलाई अघि बढाउने विषयमा छलफल भयो ।’

अध्यक्ष तिमिल्सिनाको भ्रमणलाई रुसी सञ्चारमाध्यमहरुले प्राथमिकता दिएका थिए । ‘तपाईं (अध्यक्ष तिमिल्सिना) को भ्रमण एउटा उल्लेखनीय कार्यक्रम बन्ने र रुस–नेपालबीचको अन्तरक्रियालाई प्रोत्साहन दिने मलाई विश्वास छ । नेपाल दक्षिण एसियामा रुसको लामो समयदेखिको साझेदार हो, हाम्रा जनताबीच मित्रताको बलियो सम्बन्ध छ । रुस र नेपालबीचको सम्बन्ध सुमधुर छ । सधैं समानता र आपसी सम्मानको आधारमा निर्माण गरिएको छ,’ चेर्निसेन्कोको उपप्रधानमन्त्री कार्यालयलाई उदृत गर्दै समाचार संस्था तासले उल्लेख गरेको छ ।

रुस र युक्रेन बीच युद्ध चलेपछि नेपालबाट उच्च तहमा भएको यो दोस्रो ठूलो भ्रमण हो । यस अघि २०७९ मा एक मन्त्रीले रुसको भ्रमण गरेका थिए ।

बक्सिङ फेडरेसन अफ रसिया र रुसका खेलकुद मन्त्रीको निमन्त्रणामा तत्कालिन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको नेतृत्वमा ८ सदस्यीय टोलीले २०७९ को जेठ ३० देखि असार ३ सम्म भ्रमण भएको थियो । रुसले युक्रेनमाथि हमला गरेपछि संयुक्त राष्ट्र संघमा नेपालले रुसको आक्रमणको विरुद्धमा मतदान गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

२२ घण्टा अगाडि
मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

राष्ट्र बैंकमा सुनको असर्फी सकियाे

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक