शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

आत्महत्यामाथि नरेन्द्र मोदीको भद्दा मजाक

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
सुनको मूल्य बढ्यो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

आत्महत्याबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको ‘जोक’प्रति सामाजिक सञ्जालमा विपक्षी नेताहरुले मात्र होइन, सञ्चारकर्मी र अन्य सरोकारवालाले पनि आक्रोश व्यक्त गरेका छन्।

पत्रकारहरुको एक जमघटमा भारतीय प्रधानमन्त्री मोदीले बुधबार आत्महत्यालाई जोकको विषय बनाएका थिए।

उनले भनेका थिए-

मेरो बाल्यकालमा म एउटा जोक सुन्ने गर्थेँ जुन तपाईँहरुलाई भन्दै छु।

एकजना प्राध्यापककी छोरीले आत्महत्या गरिछिन्।

उनले एउटा चिर्कटोमा लेखिछन्– म जीवनदेखि थाकेँ र अब बाँच्न चाहन्न। म कन्करिया तालबाट फाल हान्छ् र मर्छु।

बिहान प्राध्यापकले छोरीलाई घरमा भेटेनन्। उनको ओच्छ्यानमा चिर्कटो भेटियो। प्राध्यापक एकदमै रिसाएछन्। छोरीले ‘कन्करिया‘को स्पेलिङ नै गल्ती लेखिछन्। प्राध्यापकले भने– कत्ति वर्षदेखि म मेहनत गरिरहेको छु। अहिले चाहिँ मेरी छोरीले ‘कन्करिया‘को स्पेलिङ नै गल्ती लेखिछन्।

मोदीको जोकमा स्रोताहरुले ताली पड्काए। मोदी आफैँ पनि हाँसे।

त्यसपछि मोदीले भने- म धेरै खुसी छु। अर्नब (रिपब्लिक टिभीका प्रमुख अर्नब गोश्वामी) ले राम्रो हिन्दी बोल्न थालेका छन्।

दर्शकदिर्घाबाट ताली झन् बर्सियो।

मोदीले थपे- उसले के भन्यो भन्ने मैले सुनिनँ तर उसको हिन्दी सही छ कि छैन भन्नेमा मैले ध्यान दिइरहेको थिएँ। सायद मुम्बई बस्न थालेकाले तिमीले राम्रो हिन्दी सिक्यौ।

अर्नबको हिन्दीको प्रशंसा गर्न आत्महत्याको यति भत्ता मजाक किन जरुरी थियो ?

भारतमा आत्महत्याको अवस्था निकै विकराल छ। सन् २०२१ मा १ लाख ६४ हजार ३३ जनाले आत्महत्या गरेको तथ्यांक छ। दैनिक ४५० व्यक्तिको यो तथ्यांक अघिल्लो वर्षभन्दा ७.२ प्रतिशत बढी हो।

आत्महत्यामाथि मोदीको भद्दा मजाकको सर्वत्र विरोध भइरहेको छ।

कांग्रेस नेता राहुल गान्धीले मोदीको आलोचना गर्दै हजारौँ बुबाआमाले आत्महत्याबाट सन्तान गुमाउँदा प्रधानमन्त्रीले भने त्यो विषयलाई जोक बनाएको भन्दै आपत्ति प्रकट गरेका छन्। कांग्रेस नेत्री प्रियंका गान्धीले पनि भारतको आत्महत्या दर दुखको विषय भएको उल्लेख गर्दै यो मजाकको विषय हुननसक्ने बताएकी छन्।

प्रधानमन्त्री र उनको आत्महत्याको जोकमा हाँस्नेहरु असंवेदनशील भएको पनि प्रियंकाले लेखेकी छन्।

राष्ट्रिय जनता दलका सांसद मनोजकुमार झाले प्रधानमन्त्री आत्महत्याजस्तो गम्भीर विषयलाई जोकमा उडाउँछन् र त्यो जोकमाथि थपडी बज्छ भन्दै दुख प्रकट गरेका छन्। उनले भारतीय समाज रोगी हुँदै गरेको टिप्पणी गरेका छन्। शिव सेनाकी सांसद प्रियंका चतुर्वेदीले पनि मोदीको जोक असंवेदनशील भएको टिप्पणी गरेकी छन्।

(भारतीय सञ्चारमाध्यमबाट साभार)

यो पनि पढ्नुहोस्

अमेरिकी कंग्रेसको आज देशभर मतदान

अमेरिकी कंग्रेसको आज देशभर मतदान

४ दिन अगाडि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप

ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आशंका

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

राष्ट्र बैंकमा सुनको असर्फी सकियाे

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक