सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

सच्चिएर अघि नबढे आगामी चुनावमा सबै पुराना दलहरु बढारिने संकेत !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
–निमकान्त पाण्डे
देशका तीन स्थान तनहुँ, चितवन र बारामा वैशाख १० मा भएको उपनिर्वाचनको परिणामले पुराना दलहरु तथा तिनका नेता नसच्चिए आगामी चुनावमा ठूलो हारको सामना गर्नुपर्ने संकेत गरेको छ । स्थापनाको एक वर्ष पनि पूरा नगरेको राष्ट्रिय स्वतन्त्र पार्टीले गत मंसिरको चुनावमा नै २० सिट जितेर अब जनताले पुराना दललाई रुचाउन छोडिसकेको जनाउ दिएको थियो । त्यो धारणालाई यो उपनिर्वाचनले अझ स्थापित गरेको छ । नागरिकता प्रकरणमा सर्वोच्च अदालतबाट सांसद पद खारेजीमा परेका र गृहमन्त्रीको कुर्सी पनि गुमाएका रवि लामिछानेले उपनिर्वाचनमा अझ बढी मत ल्याएर जित सुनिश्चित गरेका छन् । रास्वपाप्रतिको जनताको यो आकर्षणको भेललाई डा. स्वर्णिम वाग्लेले पनि छोप्ने मौका पाएका छन् । उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताको केही दिनअघिसम्म नेपाली कांग्रेसबाट टिकटको आश गरिरहेका उनले त्यहाँ सपना पूरा नहुने देखेपछि रास्वपालाई रोजे । कांग्रेसबाट योजना आयोगको उपाध्यक्ष समेत बनिसकेका वाग्लेले पार्टी छोडेपछि कांग्रेसमा हलचल मचिएको थियो । तर, विद्रोह गर्दै रास्वपाबाट तनहुँमा उठेका वाग्लेललाई जनताबाट पनि अनुमोदन प्राप्त भएको छ ।
उपनिर्वाचनकै कुरा गर्नुपर्दा, तीनै स्थानमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा लगायत सत्तारुढ दलले गठबन्धन गरेका थिए । यो गठबन्धनले तनहुँ र चितवनमा कांग्रेसका उम्मेदवार र बारामा जसपाका उम्मेदवार उठाएको थियो । तर, चितवन र तनहुँ दुवैमा रास्वपाका उम्मेदवारले गठबन्धन र अर्को प्रमुख दल एमालेका उम्मेदवारलाई निकै पछाडि पारेका छन् । यही अवस्था गत मंसिरमा भएको चुनावमा पनि थियो । त्यसकारण अब दलहरु मिलेर मात्र चुनाव जित्ने सम्भावना सकिएको छ । चुनाव जित्ने हो भने जनताको मनै जित्नैपर्ने भएको छ । गत निर्वाचनले पहाडी क्षेत्रमा रास्वपा, मधेसमा जनमत पार्टी र सुदूरपश्चिमका तराईका जिल्लामा नागरिक उन्मुक्ति पार्टीको उदय गराएको थियो । यी पार्टीमा आकर्षणको अर्को पक्ष युवाको नेतृत्व र युवा नै उम्मेदवार हो । जब कि अन्य पुराना पार्टीमा भने अझै पनि पुराना नेताको नै वर्चस्व छ । पुराना दलले काम नगर्दा र युवाले पार्टीमा अवसर नपाउँदै गर्दा रास्वपा जस्ता नयाँ पार्टी रोज्ने प्रवृत्ति देखिएको छ । जसको पछिल्लो उदाहरण वाग्ले हुन् । युवाको यो विद्रोह आगामी चुनावमा झनै देखिन सक्छ । यसले अवसरका लागि र देश बनाउने चाहना भएका युवाका कारण सबै दलमा विद्रोहको लहर देखिन सक्छ । जुन आफूलाई शक्तिशाली मान्ने ठूला तथा पुराना दलका लागि ठूलो धक्का हुनेछ ।
सुधारको कुरा गर्दैगर्दा पहिला समस्या के हो बुझ्नु जरुरी हुन्छ । करिब डेढ दशकयताको नेपालको अवस्थालाई हेर्ने हो भने यसबीचमा राजनीतिक दलले राजसंस्थालाई बिदाई गरेर लोकतन्त्र र गणतन्त्र स्थापना गरेका छन्, नयाँ संविधान ल्याएका छन् । तर, त्यसबाहेक अन्य खासै परिवर्तन हुन सकेको छैन । माओवादीको १० वर्ष लामो जनयुद्ध र जनआन्दोलनपछि देशले विकास र समृद्धिको बाटो समात्ला भन्ने ठूलो आशा थियो । दल तथा तिनका नेताले ती सपना पूरा गर्न अगुवाइ गर्लान् भन्ने जनताको विश्वास थियो । तर, त्यो विश्वासलाई तोड्दै नेताहरु भने राजनीतिक दाउपेचमा नै व्यस्त भए । व्यक्तिगत स्वार्थ पूरा गर्न, सत्तामा पुगेर राज्यकोष दोहन गर्न सक्रिय भए । भ्रष्टाचार, अनियमिततामा संलग्न भए । यसबीचमा एकता गरेर देशको विकास गर्छु भन्ने एमाले र माओवादीको गठबन्धनलाई जनताले चुनावमा बहुमत पनि दिए । तर, प्रमुख नेताहरुको कारण त्यो गठबन्धन मात्र टुटेन, जनताको बहुमत पनि खेर गयो ।
यसबीचमा देशको दुर्दशा भने बढिरह्यो । रेमिट्यान्समा आश्रित देश युवालाई खाडी पठाउन नै व्यस्त भयो । सर्वहारा वर्ग महँगीका कारण जीवनयापन नै गर्न नसक्ने अवस्थामा पुगे । बैंक तथा वित्तीय संस्थाले जनताको ढाड सेकिरहे । शिक्षण संस्था र स्वास्थ्य संस्थाले लुटिरहे । तर सरकार मूकदर्शक मात्र रह्यो । बरु नेताले आफ्ना कार्यकर्तालाई पोस्न योजना वितरण गरे । अनावश्यक कर्मचारीका कारण देशको राजस्व जति तलबभत्तामै खर्च भइरह्यो । देशको अर्थतन्त्र नै डामाडोल भयो । यही वितृष्णास्वरुप जनताले ‘ब्यालेट बक्स’मार्फत सुरु गरेका छन् । जुन आगामी चुनावसम्म अझै भयावह रुपमा देखिन सक्छ, यदि पुराना दलले आफूलाई नसच्याउने हो भने । अहिले पनि सत्तामा माओवादी केन्द्रको नेतृत्वमा कांग्रेस, नेकपा एस, जसपा, जनमत, नागरिक उन्मुक्ति जस्ता पार्टी छन् । पुराना दललाई अझै आफ्नो काम देखाउने र जनताको मन जित्ने अवसर छ । केवल बाँकी छ त इच्छाशक्तिको । यदि आफ्नो राजनीतिक गतिविधिलाई पारदर्शी, भ्रष्टाचार बिरोधी, जनताकेन्द्रित र विकास निर्माणमा लगाउने हो भने अवश्य नै जनताको मन पुराना दलप्रति फर्किन पनि सक्ला । आगे सिद्धान्तनिष्ठ पुराना दलका अनुभवी लम्पसारबादी र भ्रष्ट नेताहरुलाई चेतना भया ! जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

नेपाल सरकारलाई सहयोग गर्न अपिल

नेपाल सरकारलाई सहयोग गर्न अपिल

७ घण्टा अगाडि
प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक