आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

लोकतन्त्र बहालीका १६ वर्ष ! गन्तव्य कता हो ? हामी अलमलमै छौं !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
यही वैशाख ११ गते १७ औं लोकतन्त्र दिवस देशभर मनाइयो । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मागबमोजिम संसद् पुनःस्थापना गरेपछि जनताको विजयको खुसीयालीको रुपमा त्यस दिनलाई हरेक वर्ष लोकतन्त्र दिवसको रुपमा मनाउन थालिएको हो । त्यही संसद्ले राजतन्त्र अन्त्य गर्ने र देशमा गणतन्त्र स्थापना गर्ने निर्णय गरेको थियो । जसका कारण सशस्त्र युद्धरत माओवादी पनि शान्तिप्रक्रियामा आउने ढोका खुलेको थियो । यसैको जगमा २०६४ चैत २८ गते पहिलो संविधान सभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले दुई सय ४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य ग¥यो । २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधान सभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरेको थियो ।
देशमा लोकतन्त्र बहाली भएको १६ वर्ष पुग्दै गर्दा जनआन्दोलनको जुन उत्साह र सपना थियो,  त्यो भने हराउँदै गएको छ । त्यतिबेला आन्दोलन  गरेर राजतन्त्र हटाएका र जनतालाई विकास र समृद्धि दिन्छौं भनेका दलहरुप्रति जनताको भरोसा टुट्दै गएको छ । यस अवधिमा आवधिक चुनाव भए, नयाँ संविधान पनि जारी भयो । तर, त्यसबाहेक राजनीतिक पुरानै खेल चलिहरँदा भने जनता निराश भएका हुन् । पुराना राजनीतिक दल र तिनका नेतृत्वप्रति जनताको वितृष्णा कतिसम्म बढेको छ भन्ने उदाहरण पछिल्लो उपनिर्वाचन हो । हालै बारा, चितवन र तनहुँमा भएका उपनिर्वाचनमा बारालाई छाडेर अरु दुई स्थानमा पुराना दल नराम्ररी पछ्छारिएका छन् भने नयाँ दल राष्ट्रिय दल स्वतन्त्र पार्टीप्रति जनमत ढल्किएको छ ।
डेढ दशकको अवधिमा नै दलहरुले जनमत त किन गुमाए ? जसले यो देशमा लोकतन्त्र, गणतन्त्र स्थापनामा भूमिका खेले, राजसंस्था हटाउन आन्दोलन गरे, उनैलाई जनताले किन पत्याउन छोडे ? यसको उत्तर हो, जनभावनामा पुराना दल र तिनका नेता खरो रुपमा उत्रिन नसक्नु । यो अवस्थामा हिमाल, पहाड र तराई सबै क्षेत्रमा छ । यो अवधिमा व्यवस्था त बदलियो तर राजनीतिक प्रवृत्ति भने बदलिन सकेन । जनमतलाई नेताहरुले केवल सत्ताको सोपानमात्र बनाइरहे, खोक्रा आश्वासन दिइरहे, सपनाको पुलिन्दा बाँडिरहे । तर, यी सबैबाट आजित भएका जनताले अब भने वैकल्पिक बाटो समात्ने संकेत गरिसकेका छन् ।
लोकतन्त्र स्थापनाको मूल उद्देश्य जनताकेन्द्रित राजनीति थियो तर यो सधैं नेताकेन्द्रित भइरह्यो । यस अर्थमा दल तथा तिनका नेता लोकतन्त्रको गन्तव्यप्रति नै अलमलमा रहेको भान हुन्छ । जनताले रोजगारी सृजना, विकास निर्माण, राज्यको दायित्वमा हुने गरी गुणस्तरीय, शिक्षा र स्वास्थ्य चाहेका थिए । तर, यसबीचमा भ्रष्टाचार, अनियमितता, दण्डहीनता मौलाइरह्यो । श्रमिक तथा गरिब वर्ग महँगीका कारण जीवन धान्नै नसक्ने अवस्थामा पुगे । युवाशक्ति पनि देशमा केही नहुने देखेपछि विदेश पलायन हुन बाध्य भए । संविधानमा लेखिएको समाजवाद उन्मुख लक्ष्य पनि कागजमा नै सीमित भयो । त्यसकारण यो अलमललाई अब नेताहरुले नचिर्ने हो भने जनताले पनि विकल्पहरु खोज्ने उदाहरण देखिन थालेको छ, अहंकारी नेताहरुलाई चेतना भया !   जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफल

राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी

४१ मिनेट अगाडि
उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

५८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

एनआईसी एसिया ए डिभिजन लिगको बैंकिंग पार्टनर बने

चक्रपथको दोस्रो खण्ड : चीनको ११ अर्ब अनुदान, असारभित्रै काम सुरु हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक