शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

अख्तियारसँग इमान्दारलाई कुनै सरोकार हुँदैन, भ्रष्टहरु डराउँछन् !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
–प्रीति रमण

निजी क्षेत्रको पनि अनुसन्धान गर्न पाउने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरा बढाउन थालिएको विषयले अहिले चर्चा पाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन–२०४८ लाई संशोधन गर्न बनेको विधेयकमा यो व्यवस्था गरिएको हो । विधेयकको सुरुवातमा यस्तो व्यवस्था नभए पनि राष्ट्रिय सभाले निजी क्षेत्रमाथि पनि अनुसन्धान गर्ने व्यवस्था थपेर प्रतिनिधिसभामा पठाएको छ । विधेयकमा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी ‘बैंक तथा वित्तीय संस्था, बिमा, मेडिकल कलेज र सोसँग सम्बद्ध अस्पताल, अन्य महाविद्यालय वा कलेजलाई’ सार्वजनिक संस्थाको परिभाषामा राख्न सक्ने व्यवस्था थपिएको छ । यसको अर्थ अब ती निकायको पनि अख्तियारले छानबिन, अनुसन्धान तथा मुद्दा दायर गर्न पाउनेछ ।

सरकारले यो व्यवस्था ल्याउन लागेपछि यतिबेला निजी क्षेत्र भने अत्तालिएको छ । निजी क्षेत्रका छाता संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स लगायतले यो व्यवस्थाको विरोध गरेका छन् । महासंघले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउँदा लगानी निरुत्साहित हुने तर्क गरेको छ । चेम्बरले पनि विधेयक सच्याउनका लागि पहल गर्न सभामुख देवराज घिमिरेसमक्ष आग्रह गरेको छ । अख्तियारले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न सक्ने गरी राष्ट्रिय सभाबाट स्वीकृत भएर प्रतिनिधि सभामा गएको सो विधेयकले निजी क्षेत्रमा प्रतिकुल असर गर्ने चेम्बरको भनाइ छ । मुलुकको अर्थतन्त्र हाल जोखिममा रहेका बेला विधेयकले निजी क्षेत्र थप संकुचित हुने र उद्योग व्यवसायमा प्रतिकुल असर पर्ने चेम्बरले उल्लेख गरेको छ ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले निजी क्षेत्रलाई अख्तियारको दायरमा ल्याएर अनुसन्धान गर्ने व्यवस्था संविधानको भावना प्रतिकुल रहेको जनाएका छन् । निजी क्षेत्रमा नियमन गर्ने सम्बन्धित निकायहरु हुँदाहुँदै थप अख्तियारको क्षेत्राधिकारभित्र पार्न खोज्दा वेथिति बढ्ने र वैदेशिक लगानी समेत प्रभावित हुन सक्ने मल्लले जनाए । तर, निजी क्षेत्रले यसो भन्दै गर्दा यस क्षेत्र कतै भ्रष्टाचारमा संलग्न रहेको र कारबाही हुने डरमा रहेको त छैन भन्ने आशंका पनि जन्माएको छ । किनभने अख्तियारको कारबाहीको दायरमा त्यही आउँछ, जसले भ्रष्टाचार, अनियमितता गरेको हुन्छ, जो इमानदार छ, उसलाई अख्तियारसँग डराउनुपर्ने अवस्था नै रहँदैन ।

नेपालमा सार्वजनिक क्षेत्रको भ्रष्टाचार नियन्त्रण र सुशासनको स्थिति निरन्तर नाजुक रहेको विवरण भ्रष्टाचारविरुद्ध काम गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरिरहेको छ । १ सय ८० देशमा गरिएको सर्वेक्षणमा नेपाल ११७ औं स्थानमा छ । १०० पूर्णांकमा ५० भन्दा कम अंक पाउने देशलाई अति भ्रष्टाचार हुने देशको सूचीमा राखिन्छ, नेपालले जम्मा ३३ अंक प्राप्त गरेको छ । त्यसको अर्थ नेपालमा भ्रष्टाचार सबैभन्दा चिन्ताजनक विषय बनेको छ । यस्तो अवस्थामा अख्तियारको दायरा विस्तार हुनुलाई सकारात्मक मान्न सकिन्छ । तर, साथसाथै अख्तियारको कामकारबाही भने अझै प्रभावकारी हुन भने जरुरी छ ।

बैैैंक तथा वित्तीय संस्थालगायत निकायलाई नियमन गर्नका लागि अहिले पनि विभिन्न निकाय छन् । तर ती निकायहरुले आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा गर्न नसकिरहेको देखिन्छ । यी वित्तीय संस्था, उद्योग, विद्यालय, स्वास्थ्य संस्थालगायत सबै क्षेत्रमा केही सीमित घरानाको स्वामित्व छ । त्यसकारण यी क्षेत्रमा पनि अनियमितता बढ्दै गएको छ । तर, त्यसको नियमन र कारबाही फितलो हुँदा अर्थतन्त्र नै दुर्घटनामा पर्ने संकेत पनि देखिएको छ भने अर्कोतर्फ राज्यले पनि कारबाही गर्ननसक्ने अवस्था आउनसक्ने चिन्ता थपिएको छ । त्यसकारण भ्रष्टाचार नियन्त्रणको दायरा फराकिलो बनाउनु उपयुुक्त हुन्छ । जनताको निक्षेप संकलन हुने, जनताको सम्पत्ति जोखिम हुने ठाउँमा अख्तियारले अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउन पाउने जिम्मेवारी दिनु उपयुक्त हुन्छ । अर्कोतर्फ अख्तियारले नै आफू जिम्मेवारीलाई प्रभावकारी रुपमा वहन गर्न सकिरहेको छैन । अझै पनि ठूला नेता तथा कर्मचारीले भ्रष्टाचार गरे पनि सजिलै उन्मुक्ति पाइरहेका छन् । शक्ति र सत्ताको आडमा जस्तोसुकै गैरकानुनी काम गरे पनि उनीहरुविरुद्ध अख्तिनयारले कमै मात्र छानबिन र कारबाही प्रक्रिया अघि बढाउँछ । बरु साना कर्मचारीहरुको ससाना घुस रकमको पक्राउ र मुद्दामामिलामा नै अख्तियारको नेतृत्व रमाएको देखिन्छ । त्यसकारण अख्तियारको दायर फराकिलो पार्दै गर्दा यसको प्रभावकारिता वृद्धिलाई पनि बिर्सनुहुँदैन । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

इजिप्टले पेट्रोलको मूल्य बढायो

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

३ घण्टा अगाडि
तीनकुने घटनामा संलग्न प्रतिवादीहरूको बयान जारी

प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक