दाङ – लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख अमिक शेरचनले दलहरूलाई आह्वान गरेका छन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्न वैशाख १४ गतेसम्मको समय दिइएको छ।
लुम्बिनी प्रदेशमा एमाले सरकार ढलेपछि नयाँ सरकार गठनको लागि आह्वान गरिएको हो। पुस २७ गते एमाले संसदीय दलका नेता लिला गिरी ७ राजनीतिक दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। तर, उनको सरकार ७४ दिनमा अल्पमतमा पर्यो।
१०३ दिनमा सरकार ढलेपछि एमालेले पनि ठूलो दलको हैसियतमा उपधारा ३ बमोजिम सरकारको दाबी पेश गरेको थियो। प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको लागि कानुनी परामर्शपछि उपधारा २ बमोजिम सरकार गठनको लागि दलहरूलाई आह्वान गरेको हो।


