शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

निवार्चन आयोगलाई विष्णु पौडेलले बुझाए चुनावी खर्च विवरण

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
निवार्चन आयोगलाई विष्णु पौडेलले बुझाए चुनावी खर्च विवरण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  गत मंसिर ४ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार बनेका नेताहरूले निर्वाचन आयोगलाई खर्च विवरण बुझाएका छन्।

आयोगमा बुझाएको खर्च विवरण अनुसार एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले २२ लाख ४५ हजार ८७६ रुपैयाँ खर्च गरेको विवरण बुझाएका छन्।

रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका पौडेलले बुझाएको खर्च विवरणमा सबैभन्दा धेरै खर्च छापा एवं विद्युतीय माध्यममा देखाएका छन्।

पौडेलले छापा एवं विद्युतीय माध्यममा ९ लाख २० हजार ८ सय ७६ रुपैयाँ खर्च भएको विवरण बुझाएका छन्।

त्यस्तै, सवारी साधन भाडामा ३ लाख ३५ हजार, प्रचार प्रसार सामग्रीमा २ लाख २५ हजार, ढुवानीमा ७१ हजार, गोष्ठी, अन्तर्क्रिया र कार्यकर्ता परिचालनमा २ लाख ७७ हजार, मनोनयन दाखिलामा २२ हजार, कार्यालय सञ्चालनमा ३ लाख ८५ हजार र विविधमा १० हजार गरी २२ लाख ४५ हजार ८७६ रुपैयाँ खर्च भएको उल्लेख छ।

प्रतिनिधिसभा सदस्यका लागि एमालेले रूपन्देहीका ५ मध्ये ३ वटा निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवारी दिएको थियो। जसमध्ये आयोगमा बुझाएको विवरण अनुसार क्षेत्र नं। ५ बाट निर्वाचित बासुदेव घिमिरेको सबभन्दा बढी खर्च देखिएको छ।

कुल २७ लाख ८९ हजार ५ सय २० रुपैयाँ खर्च भएको विवरण बुझाएका घिमिरेले सबैभन्दा बढी ५ लाख ७५ हजार रुपैयाँ झण्डा र ब्यानरमा खर्च भएको विवरण देखाएका छन्। तिन महिनासम्म दुइटा गाडी भाडा ५ लाख ४० हजार तथा इन्धनबापत ३ लाख ४७ हजार खर्च भएको उल्लेख छ।

त्यस्तै, २ हजार ३ सय २० जनाले खाना खाएको ४ लाख ६४ हजार र २१ सय १० जनाले खाजा खाएको २ लाख ११ हजार खर्च भएको घिमिरेले बुझाएको विवरणमा उल्लेख छ।

पर्चा छपाइमा २ लाख २५ हजार, साउण्ड सिस्टममा १ लाख ६५ हजार, अनलाइन फोटोग्राफरलाई १ लाख १० हजार, स्टेसनरीमा ९७ हजार र वेभपेज निर्माण गर्दा ५५ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

क्षेत्र नं। १ बाट निर्वाचित एमालेका सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले १९ लाख ९७ हजार १ सय ३७ रुपैयाँ खर्च विवरण बुझाएका छन्। त्यस्तै, प्रदेशसभा सदस्यका उम्मेदवारले पनि निर्वाचन खर्च विवरण बुझाएका छन्।

निर्वाचन आयोगमा बुझाएको विवरण अनुसार रूपन्देही क्षेत्र नम्बर १ ुकु बाट प्रदेशसभा सदस्यका उम्मेदवार दधिराम न्यौपानेले २ लाख ६३ हजार ९ सय २० रुपैयाँ खर्च विवरण पेश गरेका छन्।

क्षेत्र नं। २ ुकु बाट निर्वाचित लिला गिरीले २ लाख ४८ हजार ७ सय ५०, २ ुखु बाट निर्वाचित भोजप्रसाद श्रेष्ठले १३ लाख ८९ हजार ७ सय ४१ र क्षेत्र नं। ३ ुखु बाट निर्वाचित तुलसीप्रसाद चौधरीले २ लाख ९३ हजार १ सय ७४ रुपैयाँ खर्च भएको विवरण बुझाएका छन्।

त्यसैगरी क्षेत्र नम्बर ४ ुकु बाट उम्मेदवार बनेका सुनिल कुमार गिरीले १ लाख १० हजार, क्षेत्र नंं ५ ुकु बाट निर्वाचित भूमिश्वर ढकालले ४ लाख ९८ हजार ४ सय ७० र क्षेत्र नम्बर ५ ुखु का उम्मेदवार रामचन्द्र यादवले ५ लाख ५३ हजार निर्वाचनमा खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएको एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए।

आफ्ना उम्मेदवारहरूले निर्वाचन आयोगमा बुझाएको निर्वाचन खर्च विवरणलाई एमालेले मंगलबार सार्वजनिक गरेको हो।

यो पनि पढ्नुहोस्

आज मौसम सफा रहने

यस्ताे छ माैसम

१ घण्टा अगाडि
स्रष्टा र सर्जकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार

स्रष्टा र सर्जकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

राष्ट्र बैंकमा सुनको असर्फी सकियाे

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक