काठमाडौं– साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य घटेको छ। सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
तोलामा २०० रुपैयाँले घटेपछि सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार १औऔ रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँ कायम भएको छ। NIMB यसअघि आइतबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको थियो। आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।
सोमबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ४२० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार चाँदी प्रतितोला १ हजार ४४० रुपैयाँमा किनबेच भएको थियो।


