शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

 विराटनगरमा पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा ३२ जना घाइते

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
 विराटनगरमा पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा ३२ जना घाइते
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मोरङ  । विराटनगरमा कोशी प्रदेश खारेजीको गर्दै आएका पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा ३२ जना घाइते भएका छन्। घाइते हुनेमध्ये २७ जना सुरक्षाकर्मी र ५ जना आन्दोलनकारी रहेको मोरङ प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइते सुरक्षाकर्मीमध्ये २४ जना नेपाल र ३ जना सशस्त्र प्रहरीका रहेका छन्। आन्दोलनकारीको ढुंगामुढा र आक्रमणबाट टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेर घाइते भएका सुरक्षाकर्मीको आर्या न्यूरो अस्पतालमा उपचार भइरहेको छ। आन्दोलनकारीतर्फ १ जनाको आर्या न्यूरो र ३ जनाको पारस अस्पतालमा उपचार भइरहेको सुरक्षा स्रोतले जानकारी दिएको छ। झडप नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीका तर्फबाट ८२ सेल अश्रुग्यास प्रहार भएको छ। मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालका अनुसार नेपाल प्रहरीले ८१ सेल अश्रुग्यास प्रहार गरेको हो। सशस्त्र प्रहरीले १ सेल प्रहार गरेको छ।

आन्दोलनकारीसंग झडप हुन थालेपछि अश्रुग्यास प्रहार हुन थालेपछि आन्दोलनकारी पछि हटेर भीड तितरवितर भएको थियो। आन्दोलनकारीले सुरक्षाकर्मीलाई लक्षित गरेर सुरुमा ढुङ्गामुढा गर्दै लाठी प्रहार गरेको प्रहरीको भनाइ छ। आन्दोलनकारीले आक्रमणमा गुलेलीसमेत प्रयोग गरेको सुरक्षाकर्मी निकायको दाबी छ। आन्दोलनका क्रममा पहिचानपक्षधरका पदम लिम्बू लाजेहाङको मृत्युपछि थप चर्कदै गएको छ। लिम्बूको शव शनिबार बिराटनगरस्थित मुख्यमन्त्री कार्यालयनजिक रोडषेश चौकमा राखेर श्रद्धाञ्जली दिने कार्यक्रम तय थियो। लिम्बूको शवयात्राका क्रममा निषेधित क्षेत्र तोडेर सहभागीहरु अघि बढ्ने क्रममा सुरक्षाकर्मीसँग झडप भएको हो।

शवयात्रालाई लक्षित गर्दै रोडशेष चोकबाट लगभग २ सय मिटर दक्षिणमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर सुरक्षाकर्मीले आवतजावतमा रोक लगाएका थिए। सुरक्षाकर्मीले निषेधित क्षेत्रमा लगाएको निषेधित क्षेत्र तोड्दै आन्दोलनरत पक्ष अघि बढ्न थालेपछि दुई पक्षबीच झडप भएको प्रहरी नायब उपरीक्षक दाहालको भनाइ छ। यसैबीच, पहिचानवादी आन्दोलनका क्रममा मृत्यु ‘लाजेहाङ’को शव अन्त्येष्टिका कारण मोरङस्थित बेलबारीमा रहेको घरमा पुराइएको छ। लिम्बूको शव बेलबारीमा अन्त्येष्टि गरिने पहिचान पक्षधरको भनाइ छ। केन्द्र सरकारले लिम्बूलाई शहीद घोषणा गर्ने र मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ। त्यसैगरि, कोशी प्रदेश सरकारले पनि ३ लाख रूपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ।

यो पनि पढ्नुहोस्

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

१५ घण्टा अगाडि

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

राष्ट्र बैंकमा सुनको असर्फी सकियाे

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक