शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

मिसन ग्रासरुटले पार्टीमा नयाँ उत्साह थपेको छ : महासचिव पोखरेल

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
एमालेले संविधान नै मानेन भन्नु लज्जाको विषय :  महासचिव पोखरेल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले देशभर मिसन ग्रासरुटले पार्टीमा नयाँ उत्साह थपेको बताएका छन् । मिसन ग्रासरुट अभियानका सबै प्रतिवेदनका आधारमा पार्टी केन्द्रीय कमिटीको आगामी कार्ययोजनाको जग तयार गरिने उनले बताए ।

काठमाडौँको महाराजगञ्जमा भएको मिसन ग्रसरुट अभियान र सिकाइ छलफल तथा अन्तक्र्रिया कार्यक्रममा पार्टीले हाल अभियानको समीक्षा गरिरहेको उनले जानकारी दिए । “एउटा प्रदेशमा ९० वटा प्रतिवेदन तयारी हुने र देशभरिका सात सय ५३ पालिकाबाट अलगअलग प्रतिवेदन आउनेछ । पार्टी कमिटीको कार्ययोजना सबै प्रतिवेदनका आधारमा बन्नेछ”, उनले भने ।

प्रदेशको प्रतिवेदनका आधारमा प्रदेशको कार्ययोजना बन्ने, जिल्ला प्रतिवेदनको निष्कर्षका आधारमा जिल्ला कार्ययोजना बन्ने र पालिका प्रतिवेदनका आधारमा पालिका कार्ययोजना निर्माण गर्ने तयारी गरिएको महासचिव पोखरेलले बताए । नेपालको राजनीतिक इतिहासमा यति ठूलो अभियान यो पहिलो पटक गरिएको भन्दै उनले पार्टीले के अपेक्षा राखेको थियो र केकस्तो नतिजा आयो भन्ने कुरा आगामी दिनमा आधारभूत तहका प्रतिवेदनले दिने बताए । महासचिव पोखरेलले भने, “आगामी चार वर्षपछिको निर्वाचनमा बलियो राष्ट्रिय बहुमत प्राप्त गर्न सहज होस् भनेर पार्टीले देशव्यापी अभियान चलाएको छ । वैचारिक सङ्गठानिक अभियानको मुख्य उद्देश्य युवाबीच पार्टीलाई स्थापित गर्न हो ।”

“मिसन ग्रासरुट पार्टी सुदृढीकरणको विस्तार अभियानलाई हामीले अगाडि बढाउन खोजेका छौँ । मिसनको उद्देश्य तत्कालको परिणाममा हामी केन्द्रित छैनौँ । चार वर्ष पछाडि यो मुलुकमा नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नेछ । मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्नसक्ने खालको बहुमतको सरकार बनाउने सामथ्र्यका रूपमा हामीले अभियानलाई हेरेका छौँ”, उनले थपे । पार्टीभित्रको सक्रियता निष्क्रियता सबै मापन गरेर सक्रियको जमातका रूपमा पार्टीलाई रुपान्तरित गरिने उनको भनाइ थियो ।

नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष डा.दिनेशचन्द्र देवकोटाले पार्टीले देशभर सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको अनुभव र सिकाइ केकस्ता भए भनेर छलफल गर्न कार्यक्रम आयोजना गरिएको बताए । यस अभियानले पार्टीमा थप सहयोग पुर्याउन सहरमा मात्र केन्द्रित नभएर हरेक स्थानीय तहसम्म पार्टीलाई सुदृढीकरण गर्न सहयोग पुग्ने बताए । पार्टीलाई सही ढङ्गले प्रतिक्रिया दिन अनुभव र सिकाइको अन्तक्र्रिया गरिएको उनको भनाइ छ । मिसन ग्रासरुट : अभियान र सिकाइको कार्यपत्र प्रस्तुत गर्दै उपाध्यक्ष विधान आचार्यले मिसनको उद्देश्यमा जनसङ्गठनको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

उनले विभिन्न समुदायमा पार्टीलाई लैजान र स्थापित गर्न, पार्टी कार्यकर्ता तयार गर्न नर्सरीका रूपमा विकास गर्न र सरोकारका विषयमा आफ्नो समुदायको बढी केन्द्रित गर्न जनसङ्गठनको भूमिका धेरै रहेको धारणा राखे । उपाध्यक्ष आचार्यले मिसन ग्रासरुटबाट पार्टीभित्र छड्के परीक्षण भएकोसमेत बताए । आफ्नो जिम्मेवारीको बोध नगरेका सदस्यलाई जिम्मेवार बनाउनसमेत भूमिका खेलेको उनको भनाइ थियो । त्यसैगरी टिप्पणीकर्ता मीनबहादुर शाहीले पार्टीभित्र सही ढङ्गले सदस्यता वितरण गर्नुपर्ने बताए । उनले स्थानीय तहमा भएका कमिटी चलायमान राख्नुपर्ने र स्थानीय तहका कमिटीमार्फत सदस्य थप गर्दा अझ प्रभावकारी हुने धारणा राखे ।

यो पनि पढ्नुहोस्

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

१९ घण्टा अगाडि
मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

राष्ट्र बैंकमा सुनको असर्फी सकियाे

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक