बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विभिन्न कसुरमा नाै बैंक र सिईओलाई कारबाही

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
विभिन्न कसुरमा नाै बैंक र सिईओलाई कारबाही
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंक र त्यसका अध्यक्ष, सञ्चालकदेखि प्रमुख कार्यकारी अधिकृत (सिईओ)सम्मलाई कारबाही गरेको छ । शुक्रबार राष्ट्र बैंकले विभिन्न कसुरहरूमा ९ वटा बैंक र सिईओलाई १५ करोड ३७ लाख रुपैयाँ जरिवानासहित कारबाही गरेको हो ।

राष्ट्र बैंकका अनुसार तत्कालीन क्रेडिट एण्ड कमर्स बैंक (हाल कुमारी बैंक)लाई सहुलियतपूर्ण कर्जा कार्यविधि विपरीत एउटै समूहलाई बढी प्रवाह गरेको लगायतका कसुरमा सचेत गराइएको छ । सो बैंकले कतिपय कर्जाहरूको प्रिमियम दर परिवर्तन गर्ने र पर्याप्त कर्जा नोक्सानी व्यवस्थापन समेत नगर्दा यस बैंकका सिईओ कारबाहीमा परेका हुन् ।

सो बैंकका प्रमुख कार्यकारी अधिकृतले आफ्नो अख्तियारी भन्दा बाहिर गई कर्जा स्वीकृत गरेको भन्दै तत्कालीन प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठलाई पाँच लाख रुपैयाँ राष्ट्र बैंकले तिराएको छ ।

त्यस्तै, कुमारी बैंक लिमिटेडले पनि सहुलियतपूर्ण कर्जाको औचित्य पुष्टि नगर्दा निक्षेपमा प्रकाशित ब्याजदर भन्दा बढी ब्याज दिँदा र पर्याप्त कर्जा नोक्सानी व्यवस्था नगर्दा यस बैंकका सिईओलाई समेत सचेत गराइएको छ ।

राष्ट्रिय वाणिज्य बैंकलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशन उल्लङ्घन गरेको भन्दै १० लाख रुपैयाँ जरिवाना तिराइएको छ । यसका साथै तत्कालीन सेन्चुरी कमर्सियल बैंक (हाल प्रभु बैंक)लाई गत साउन र भदौ महिनामा कर्जा/निक्षेप अनुपात कायम नगरेको भन्दै राष्ट्र बैंकले २ करोड ८४ लाख रुपैयाँ जरिवाना तिराएको छ ।

सोही कसुरमा नेपाल बैंक लिमिटेडलाई पनि १८ लाख ५९ हजार ७५२ रुपैयाँ, नबिल बैंकलाई ६ करोड ४६ लाख ४५ हजार रुपैयाँ र ग्लोबल आईएमई बैंकलाई चार करोड ४२ लाख ४६ हजार रुपैयाँ जरिवाना तिराइएको छ ।

यस्तै कसुरमा अन्य दुई वाणिज्य बैंकलाई पनि जरिवाना तिराइएको छ । कृषि विकास बैंक लिमिटेडलाई ६९ लाख ५८ हजार ८३१ रुपैयाँ र हिमालयन बैंक लिमिटेडलाई ७१ लाख ७२ हजार ९५९ रुपैयाँ जरिवाना तिराएको राष्ट्र बैंकले जनाएको छ ।

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाले टुंगो लगाएको समिति सभापतिका उम्मेदवारहरु

३३ मिनेट अगाडि
‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि धुमधामका साथ मनाइयाे

‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि धुमधामका साथ मनाइयाे

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक