काठमाडाैं । निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमको व्यापार विस्तार तथा नगद प्रवाहमा क्रमिक सुधार भएसंगै निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि लिएको ऋण दायित्वको २०७९ चैत्र महिनाको किस्ताबापत मिति २०७९ चैत्र ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जम्मा रु ५३,०९,५५,२८१।४५ (अक्षरेपी त्रिपन्न करोड नौ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ, पैंतालिस पैसा मात्र) रकम भुक्तानी गरेको छ ।
२०७९ सालको को आषाढमा रु १ अर्व ३५ करोड रुपैयाँ, आश्विनमा रु ७३ करोड ९ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ, पौषमा रु ३३ करोड ९ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ र चैत्रमा ५३ करोड ९ लाख ५५ हजार दुई सय एकासी रुपैयाँ गरी जम्मा २ अर्व ९४ करोड २८ लाख ६५ हजार आठ सय चौवालिस रुपैयाँ रकम भुक्तानी गरेको छ ।
साथै, विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्दि गरेर ऋण दायित्व भुक्तनीलाइ सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा छलफल समेत भइरहेको छ ।


