शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

चितवनको चेपाङबस्तीको आवाज– यसअघि जितेर गएकाको मुख देख्न पाइएन, हामीलाई बाटो चाहियो

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
चितवनको चेपाङबस्तीको आवाज– यसअघि जितेर गएकाको मुख देख्न पाइएन, हामीलाई बाटो चाहियो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-गगन अर्याल

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा अहिले चुनावी गर्मी उत्कर्षमा छ ।

उम्मेदवारहरू मतपरिणाम आफ्नो पक्षमा ल्याउनका लागि मतदाताको घरदैलोमा जाने, मतदाता फकाउने काममा सक्रिय छन् ।

मुख्यगरी एमाले उम्मेदवार रामप्रसाद न्यौपाने, कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठ र रास्वपा उम्मेदवार रवि लामिछानेबीच प्रतिस्पर्धाको स्थिति देखिन्छ ।

तीनैजना उम्मेदवार जनताको घरदौलोमा पुग्ने, मत माग्ने काममा व्यस्त छन् ।

एमाले उम्मेदवार न्यौपानेले आफ्नो घरदैलो अन्तिम चरणमा पुर्‍याएका छन् ।

उनले इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर नगरपालिकाका वडाहरूमा कोणसभा सकेर घरदैलोलाई पनि अन्तिम चरणमा पुर्‍याएका छन् ।

निर्वाचन आउन करीब ३ दिन बाँकी रहँदा बिहीवार मध्यरातिबाट मौन अवधि शुरू हुँदैछ ।

सोही कारण पनि उम्मेदवारहरूको ध्यान चुनावी घरदौलोलाई बिट मार्नेतिर छ ।

मंगलवार कालिका नगरपालिका वडा नम्बर १० सिद्धिमा भेला भएका चेपाङहरूले एमाले उम्मेदवार न्यौपानेसँग आफ्नो समस्याको पोको फुकाए ।

आफूहरूलाई मासुभातभन्दा गाउँ जोड्ने सडक सञ्जाल चाहिएको उनीहरूको भनाइ थियो ।

‘हामीलाई चुनावको बेलामा मासुभात चाहिएको होइन विकास चाहिएको छ । बाटो चाहिएको छ । तपाईंले बाटो पुर्‍याउनु हुनुहुन्छ कि हुँदैन रु,’ ३२ वर्षीया प्रमिशा प्रजा ९चेपाङ०ले प्रश्न गरिन्, ‘भन्नुस्, तपाईंले बाटो लगिदिनुहुन्छ भने हामीले भोट हाल्ने हो ।’

पहिले कतिपय उम्मेदवारले मासु भात खुवाएको, तर काम नगरेको उनीहरूको गुनासो थियो । एमाले उम्मेदवार न्यौपानेले त्यस क्षेत्रका पूर्व सांसद एमालेका कृष्णभक्त पोखरेलले चेपाङहरूको घरमा टिनको छानो लगाउने काम गरेको स्मरण गराउँदै बाँकी समस्याहरू पनि विस्तारै समाधान गर्दै जाने बताए ।

उनले चेपाङहरूको उत्थानमा एमालेले योगदान गरेको भन्दै शिक्षामा जोड दिनुपर्ने बताएका थिए ।

‘तपाईंहरूले राखेको माग म जिते पनि, नजिते पनि पूरा गर्ने वाचा गर्छु । तपाईंहरूका बालबच्चालाई शिक्षाको आवश्यकता छ, त्यसका लागि आवश्यक पर्ने सहयोग गर्ने वचन पनि दिन्छु,’ उम्मेदवार न्यौपानेले भने, ‘चेपाङ बस्तीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिन्छ । त्यसमा पनि हामीले योजना बनाएर काम गर्न सक्छौं ।’

उम्मेदवार न्यौपानेले चेपाङहरूको रहनसहन र भेषभूषालाई पर्यटनको रूपमा विकास गरेर गिठा भ्याकुर मात्र खाएर जीविका चलाउनुपर्ने स्थितिबाट माथि ल्याउन सबैले सोच्नुपर्ने बताए । चेपाङ समुदायकी ६९ वर्षीया सन्तमाया प्रजा ९चेपाङ०ले नेताहरू भोट माग्ने समयमा आउने तर अन्य समयमा वास्ता नगर्ने गरेकाले विश्वास नै लाग्न छाडेको बताइन् ।

‘नेताहरूको विश्वास लाग्न छाडेको छ, भोट माग्ने बेलामा मात्रै आउँछन् । अघिल्लोचोटि जितेर जानेले धेरै कुरा गर्छु भन्नुभएको थियो तर जितेर गएपछि उहाँको मुख देख्नै पाएका छैनौं,’ ६९ वर्षीया सन्तमायाले भनिन् । यसपटक आफ्नै क्षेत्रको लोकल नेतालाई जिताउने उनको भनाइ छ ।

१५ वर्षीया रोजिना प्रजा (चेपाङ) ले आफूलाई पढ्ने इच्छा भएको उम्मेदवार न्यौपानेलाई बताइन् । ‘मैले पाँच कक्षा पढेकी छु । अझै पढ्ने इच्छा छ, तपाईं ९रामप्रसाद न्यौपाने०ले पढाउनुहुन्छ रु’ रोजिनाले उम्मेदवार न्यौपानेलाई प्रश्न गरिन् ।आफूजस्तै अन्य धेरै चेपाङ बालबालिकाले पढ्न चाहेकाले राम्रो विद्यालय चाहिएको उनको भनाइ थियो ।

उम्मेदवार न्यौपानेले आफूले व्यक्तिगत खर्च गरेर भए पनि रोजिनालाई पढाउने प्रतिबद्धता गरे । ‘तपाईंले पढ्नुहुन्छ भने म होस्टेलमा राखेर भए पनि पढाउँछु, तर त्यसपछि तपाईँले यहाँका अरू बालबालिकालाई पढाउनुहुन्छ नि रु’ उनले भने ।

स्थानीयले सञ्चार सम्पर्क समेत नहुने स्थिति रहेकाले त्यसका लागि पहल गरिदिन पनि अपिल गरे ।

यो पनि पढ्नुहोस्

इजिप्टले पेट्रोलको मूल्य बढायो

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

३ घण्टा अगाडि
तीनकुने घटनामा संलग्न प्रतिवादीहरूको बयान जारी

प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

३ घण्टा अगाडि

भरतपुरबाट १० किलोमिटरको दूरीमा रहेको स्थानमा समेत मोबाइलको टावर नटिप्ने समस्या रहेको कालिका– ७ का स्थानीयले बताए । ‘यहाँ त घाम लागेको बेलामा मात्र फोन टिप्छ, नत्र टिप्दैन, चितवनको बासिन्दा भनेर के गर्नु रु नेताहरू आएर काम गर्छौं भन्छन्, तर गर्दैनन्,’ ३५ वर्षीय राममाया गुरुङले लोकान्तरसँग भनिन् ।

वर्षायाममा पानी परेको बेलामा सञ्चारका माध्यमबाट टाढा रहनुपर्ने अवस्था रहेको उनले बताइन् । सडक मात्र कालोपत्रे भए पनि धेरै सहज हुने उनको आशा छ । त्यही क्षेत्रकी ८५ वर्षीया जुठीकला गुरुङले यो क्षेत्रमा खेती राम्रो हुने भएकाले सिँचाइको आवश्यकता भएको बताइन् । ‘यहाँ खेती राम्रो हुन्छ, तर कुलो छैन । कुलो ल्याइदिने मान्छेलाई भोट हाल्ने हो,’ जुठीकलाले भनिन् । लाेकान्तर डट कमबाट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक