सोम, बैशाख १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

धनगढीकाे अस्पतालमा लफडा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
पारच्याङमा पहिलो ग्रामीण अस्पतालको निर्माण कार्य सुरू
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

धनगढी । सुदूरपश्चिमको अस्थायी मुकामसमेत रहेको कैलालीको धनगढीस्थित एक अस्पतालमा आज (बिहीबार) बिहानैदेखि लफडा भएको छ। धनगढीको केजी अस्पतालमा अस्पताल र डाक्टरले बिरामीलाई सास्ती दिएको भन्दै लफडा भएको हो।

पत्थरीको शल्यक्रिया गर्न पेटमा प्वाल पारेर छाडिएको भन्दै बिरामीका आफन्तले विरोध जनाएका छन्। बुधबारदेखि अस्पतालमा उपचाररत रहेकी डडेलधुराको आलिताल गाउँपालिका–३ की ६० वर्षीया लक्ष्मी बोहराको पित्त थैलीको पत्थरीको शल्यक्रिया गर्न पेटमा प्वाल पारेर अन्यत्र लैजान भनेपछि विरोध गरिएको हो।

अस्पतालले आफ्नी आमाको पित्त थैलीको पत्थरीको शल्यक्रिया जसरी पनि गरिदिने बताएपछि बिहीबार साँझ अप्रेशन थियटर लगिएको तर पछि गएर डाक्टरले पेटमा प्वाल पारेर गर्न नसकिने भन्दै अन्यत्र लैजान सुझाएको कुरुवा बसेका बोहराका छोरा लक्ष्मणले बताए।

उनले भने, ‘अस्पतालले मेरो आमाको यहाँ उपचार भइहाल्छ अन्त लैजानुपर्दैन भनेर मैले अप्रेशन गर्न गरेको हो तर आधा अप्रेशन गरेर यहाँ गर्न सकिदैन। यो भन्दा अगाडि रिस्क छ भनेर घर लगेर जाउ। दुई महिनापछि काठमाडौँ वा बैङलोरको राम्रो अस्पतालमा देखाउनु भन्नुभयो।’

बोहराले दुरविन विधिबाट अप्रेशन गर्ने भन्दै आमाको पेटमा पारिएको प्वालले दुई महिनासम्म स्वास्थ्यमा तलमाथि भए त्यसको जिम्मेवारी अस्पतालले लिनुपर्ने र उपचारमा अहिलेसम्म लागेको सबै शुल्क फिर्ता पाउनुपर्ने माग गरेका छन्।

उपचारमा संलग्न अस्पतालका व्यवस्थापक समेत रहेका सर्जन डाक्टर दिपक सिंहले दुरविन विधिबाट पित्त थैलीको पत्थरीको शल्यक्रिया गर्ने क्रममा आन्द्रामा कोलेस्ट्रोलको मात्रा बढि देखिएपछि जोखिमपूर्ण हुने भएकाले रोकिएको बताए।

‘उहाँ पेट दुखेको समस्या लिएर आउनुभएको थियो। पित्त थैलीमा पत्थरी देखिएपछि उहाँहरूकै सहमति लिएर दुरविन विधिबाट शल्यक्रिया गर्न खोजेका थियौँ तर आन्द्रामा कोलेस्ट्रोलको मात्रा बढि देखिएपछि जोखिम हुने भएकाले औषधी दिएर ७÷८ हप्तापछि गर्दा ठीक हुन्छ भन्ने सल्लाह दिएका हौँ’, सिंहले भने।

सिंहले बोहराकै आफन्तले दुई महिनापछि अन्य अस्पतालमा उपचार गर्न लैजाँदा हुन्छ की हुँदैन रु भनेर जिज्ञासा राखेपछि काठमाडौं वा भारतमै लगेर पनि गर्न सकिने सल्लाह दिएको तर रेफर भने नगरेको बताए।

‘उहाँहरूले नै जिज्ञासा राखेपछि हामीले त्यो व्यवहारिक रुपमा उहाँलाई लैजाँदा हुन्छ भनेर सल्लाह दिएका हौँ। तर तत्काल ज्यानको जोखिम हुने भएकै कारण गर्न नसकिने भनिएको हो। यसमा अन्यथा केही होइन’, उनले भने।

यो पनि पढ्नुहोस्

आङदेम्बे संसदीय दलको नेतामा सर्वसम्मत चयन

आङदेम्बे संसदीय दलको नेतामा सर्वसम्मत चयन

२ घण्टा अगाडि
चलचित्र ‘रोल नं १’को गीत सार्वजनिक

चलचित्र ‘रोल नं १’को गीत सार्वजनिक

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नाई मलाई त्यही पार्टी चाहिन्छ

देशका विभिन्न स्थानमा  बदली

मन्त्रिपरिषद् बैठक सुरु

बिपी राजमार्ग अझै संचालनमा आउन सकेन

नेपाल एडमिनिस्ट्रेटिभ स्टाफ कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक